विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं ।  नेपाल आयल निगम पेट्रोलियम पदार्थको आयात प्रतिस्थापन गर्न विद्युतीय ऊर्जाबाट हाइड्रोजन ग्यास उत्पादनको विकल्पमा जाने भएको छ । पेट्रोलियम पदार्थमाथिको बढ्दो परनिर्भरता कम गरी नवीकरणीय तथा हरित ऊर्जा उत्पादनको विकल्पमा निगम जान लागेको हो ।

आन्तरिक खपतबाट बढी भएको विद्युत हाइड्रोजन ग्यासमा रुपान्तरण गरी इन्धनकोरूपमा बजारमा पुर्याउने उद्देश्यले यसको प्रवर्द्धन गर्न निगम र काठमाडौं विश्व विद्यालय (केयु) बीच सामझदारी भएको छ । समझदारीमा निगमकातर्फबाट निर्देशक दीपक बराल र केयुकोतर्फबाट स्कुल अफ इन्जिनियरिङका डिन डम्बरबहादुर नेपालीले हस्तक्षर गरे ।

समझदारीअनुसार केयुले निगमलाई नवीकरणीय तथा हरित इन्धन उत्पादन र निर्यातकर्ताकोरूपमा प्रवद्र्धन गर्नेछ । डिजेल, पेट्रोल, मट्टीतेल, एलपी ग्यासलगायत इन्धनको आयात प्रतिस्थापन गर्न निगमलाई इन्जिनियरिङ सेवा, परामर्श र प्राविधिक सहयोग पनि उपलब्ध गराउनेछ । केयुले निगमलाई डिजिटल प्रविधिमा लैजान प्राविधिक सहयोगसमेत उपलब्ध गराउने समझदारीमा उल्लेख छ ।

निगमले पनि अध्ययन, सिकाई, तालिमलगायत विषयमा केयुलाई सहयोग पुर्याउने छ । यो समझदारी ५ वर्षका लागि गरिएको हो । निगमले केयुको इन्जिनियरिङ तथा प्राविधिक सहयोगमा देशभित्र खपत भएर बाँकी रहने विद्युतको उपयोग गरी हाइड्रोजन ग्यास उत्पादन, भण्डार र वितरण गर्नेछ ।

समझदारीमा हस्ताक्षरपछि नेपालीले अहिले धेरै जलविद्युत आयोजना निर्माणाधीन भएकाले निगमले हरित इन्धनको विकल्पमा जानुपर्ने उपयुक्त समय आएको बताए । उनले विद्युत खपत बढाउन आयातितभन्दा राति खपत नहुने विद्युतलाई हाइड्रोजन ग्यासमा रुपान्तरण गरेर इन्धनकोरूपमा उपयोग गर्दा आन्तरिक बजार प्रवर्द्धन हुने बताए ।

‘हामी विस्तारै विद्युतमा आत्मनिर्भर हुने दिशामा अघि बढेका छौं,’ उनले भने, ‘इन्धन आयातलाई विद्युत खपत बढाएर प्रतिस्थापन गर्न सकिन्छ । बढी हुने विद्युत इन्धनमा रुपान्तरण गर्दा अरबौं रुपैयाँ विदेशिनबाट रोकिन्छ ।’ उनले नवीकरणीय इन्धनले कार्वन उत्सर्जनमा पनि कमी आउँदा वातावरण स्वच्छ हुने बताए । 

कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले केयुले इन्धन आयात घटाउन विद्युतीय ऊर्जा पनि विकल्प हुनसक्ने भनेर निगमको आँखा खोलिदिएको बताए । ‘हामीले यति परको कुरा सोचेका पनि थिएनौं,’ उनले भने, ‘केयुले हाम्राे आँखा खाेलिदिएकाे छ । हाइड्रोजन उत्पादनको विकल्पले अब निगम सधैं आयातित ऊर्जामा निर्भर रहनुपर्ने बाध्यताको अनत्य गर्नेछ ।’ उनले निगमले इन्जिनियरिङ तथा प्राविधिक सहयोगका लागि केयुसँग सहकार्य गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit