विद्युत अपडेट

  • प्राधिकरण : ४४८४ मे.वा.घन्टा
  • सहायक कम्पनी : २६३४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९९३२ मे.वा.घन्टा
  • आयात : १४०८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २३२० मे.वा.घन्टा
  • ऊर्जा माग : ३३४५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१२ मे.वा.
२०८० चैत ६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्ड लिमिटेड (एनआईआईएफ) ले मेवा डेभलपर्स लिमिटेडमा लगानी गर्ने भएको छ । कम्पनीको ताप्लेजुङमा निर्माणाधीन ८२.२ मेगावाटको दुई जलविद्युत आयोजना कार्यान्वयन गर्न लगानी सम्झौता भएकाे हो ।

लगानी सम्बन्धि सम्झौतामा मेवा डेभलपर्सका तर्फबाट प्रबन्ध निर्देशक भानु पोखरेल र एनआईआईएफका तर्फबाट लगानी प्रबन्धक डा.मनिष थापाले हस्ताक्षर गरे । कम्पनीको ताप्लेजुङमा ७३.५० मेगावाटको मध्य मेवा जलविद्युत र ९.३० मेगावाटको सिवा खोला जलविद्युत आयोजना निर्माणाधीन छन् ।

सम्झौता अनुसार एनआईआईएफबाट प्राप्त रकम निर्माणाधीन आयोजनाको कार्यान्वयनमा प्रयोग गर्ने कम्पनीले जनाएकाे छ । कम्पनीले स्वच्छ ऊर्जा प्रवर्द्धन सँगै सबै सरोकारवालाहरूको लागि राम्रो र दिगो भविष्य सिर्जना गर्न ईएसजी अनुपालन अभ्यास गर्दै आएको छ ।

यस लगानीबाट मेवाले ऊर्जा उत्पादनको सन्दर्भमा जलविद्युत उद्योगको नेतृत्व जारी राख्नुका साथसाथै वातावरण, सामाजिक र सुशासन लाभहरू अभिवृद्धि गर्न नयाँ दृष्टिकोणहरू ल्याउनेमा एनआईआईएफ विश्वस्त रहेको एनआईआईएफका लागि लगानी प्रबन्धक तथा ग्लोबल इक्विटी फन्डका प्रबन्ध निर्देशक डा. मनिष थापाले बताए ।

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्ड लिमिटेडमा ग्लोबल इक्विटी फण्ड, प्राइम लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सको संयुक्त लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit