विद्युत अपडेट

  • प्राधिकरण : ४४८४ मे.वा.घन्टा
  • सहायक कम्पनी : २६३४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९९३२ मे.वा.घन्टा
  • आयात : १४०८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २३२० मे.वा.घन्टा
  • ऊर्जा माग : ३३४५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१२ मे.वा.
२०८० चैत ६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रसुवामा सञ्चालित २२ मेगावाटको चिलिमे जलविद्युत केन्द्रको विद्युत उत्पादन बन्द भएको छ । प्रवर्द्धक चिलिमे हाइड्रो पावर कम्पनीले विद्युतगृहकाे उपकरण परिवर्तन गर्न उत्पादन बन्द गरेको हो ।

विद्युतगृहमा  जडान भएका पुराना उपकरण परिवर्तन गरी नयाँ जडान गर्नका लागि विद्युत उत्पादन बन्द गरिएको जलविद्युत केन्द्र प्रमुख मनिष विष्टले बताए । उनका अनुसार गत २१ गते (शुक्रबार) देखि विद्युतगृह बन्द गरी उपकरण बदली भइरहेको छ ।

‘विद्युतगृहमा जडित उपकरण निकै पुराना भइसकेका थिए । बीचैमा उत्पादन अवरुद्ध हुनसक्ने सक्ने समस्यालाई मध्यनजर गरेर उपकरण बदली गरिरहेका छाैं,’  उनले ऊर्जा खबरसँग भने, ‘आजसम्ममा जडान कार्य सकेर उत्पादन सुरु गर्ने तालिका छ । सम्भव भएसम्म साँझबाट उत्पादन सुचारु हुन्छ ।’ 

१७ वर्ष अघि जडान गरेका उपकरण पहिलाे पटक बदली गरिएकाे कम्पनीले जनाएकाे छ ।उपकरण बदली गर्न  प्राविधक टाेली २४ घन्टा खटिएकाे विस्टले बताए । जलविद्युत केन्द्रले २०६० भदौदेखि विद्युत उत्पादन गर्दै आइरहेकाे छ ।

चिलिमेको सफल निर्माण गरेको कम्पनीले सहायक कम्पनीमार्फत २ सय ७० मेगावाटको ४ अयोजना निर्माण गरिरहेकाे छ । ६ सय ३५ मेगावाटको ३ आयोजना अध्ययनको चरणमा छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit