विद्युत अपडेट

  • प्राधिकरण : १००११ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३४८१ मे.वा.घन्टा
  • निजी क्षेत्र : २८४८८ मे.वा.घन्टा
  • आयात : १०८२ मे.वा.घन्टा
  • निर्यात : ६७३५ मे.वा.घन्टा
  • ट्रिपिङ : ७०० मे.वा.घन्टा
  • ऊर्जा माग : ५३७६१ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६३६ मे.वा.
२०८२ असार १०, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कर्णाली प्रदेशकाे कालीकोटमा पहिचान भएकाे ४८० मेगावाटको फुकोट कर्णाली आंशिक जलाशय जलविद्युत आयोजना भारतीय कम्पनी एनएचपिसी लिमिटेडलाई दिने निर्णय गरिएकाे छ । विद्युत उत्पादन कम्पनी लिमिटेडकाे सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेकाे हाे ।

आयाेजनामा ५१ प्रतिशत एनएचपिसीको र ४९ प्रतिशत कम्पनीको लगानी हुने गरी निर्माण गर्ने निर्णय भएको कम्पनीका प्रबन्ध निर्देशक सूर्यप्रसाद रिजालले बताए । ‘हाम्रो छलफल एक वर्षदेखि चलिरहेको छ, यो भन्दा अगाडि पनि बोर्डले यो निर्णय पास गरेको थियो’, उनले भने, ‘हामीले निर्णय गरेर मात्रै हुँदैन, मन्त्रीपरिषद्बाटै स्वीकृत हुनुपर्छ ।’ यो निर्णय स्वीकृतीका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पठाउने तयारी भइरहेको पनि रिजालले बताए । मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि मात्रै कार्यान्वयनमा जाने उनकाे भनाइ छ ।

करिब एक वर्षअघि एनएचपिसीले फुकोट कर्णालीमा लगानी गर्न प्रस्ताव गरेको थियो । आयोजनाको सम्भाव्यता अध्ययन पूरा भइसकेको छ । पहुँचमार्ग निर्माण पूरा गरी आयोजनाको लागि आवश्यक पर्ने अधिकांश जग्गाको अधिग्रहण भइसकेको छ । आयोजनाको बोलपत्र आह्वानको तयारी भइरहेको आयोजना प्रमुख हिरामान वाइवाले बताए । ‘हामीले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (इआइ) तयार गरी विद्युत विकास विभागमा पठाएका छौं’ उनले भने ।

यो आयोजना सम्पन्न गर्न ९२ अर्ब ३ करोड रुपैयाँ लागत लाग्ने सम्भाव्यता अध्ययनमा उल्लेख छ । आयोजनाको काम निर्माण सुरु भएको पाँच वर्षभित्र सक्ने लक्ष्य छ । आयोजनाबाट उत्पादन हुने विद्युत कर्णाली कोरिडोर प्रसारण लाइन मार्फत भारत पुर्याइनेछ । ४०० केभी कर्णाली कोरिडोर लाइन निर्माणका लागि राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले भारतीय कम्पनी कल्पतरूसँग सम्झौता गरिसकेको छ ।

सरकारले यसअघि पनि ७५० मेगावाटको पश्चिम सेती जलाशय र ४५० मेगावाटको सेती नदी-६ जलविद्युत आयोजना निर्माणका लागि एनएचपिसीसँग सम्झौता गरिसकेकाे छ । यी आयाेजनाहरूले अध्ययन अनुमति पाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३