विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शनिबार (भदौ १६ गते) ९ घन्टाका लागि विद्युत सेवा बन्द गर्ने भएको छ । प्राधिकरणले टेकु सबस्टेसनमा जडान भएको ४५ एम.भी.ए को ट्रान्सफर्मर चार्ज गर्नका लागि विद्युत सेवा बन्द गर्न लागेको हो ।

शनिबार टेकु तथा के-३ सबस्टेसन तथा सो सँग सम्बन्धित स्विचिङ स्टेसनहरूबाट आपूर्ति भइरहेको रत्नपार्क, कुलेश्वर, पुल्चोक र लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरू बन्द हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार विद्युत सेवा विहान १० बजेदेखि बेलुकी साढे ६ बजेसम्म बन्द हुनेछ ।

हाल लप्सीफेदी तथा चागुनारायण सबस्टेसन निर्माण आयोजनाद्धारा विद्यमान टेकु सबस्टेसन स्तरनोन्नति गरी टेकू–स्युचारटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने कार्य भइरहेको छ । प्रथम चरण अन्तर्गत टेकू सबस्टेसनमा १ थान १३२/११ केभी ४५ एमभीए ट्रान्सफर्मर चार्ज गर्न पूर्व स्युचाटार सबस्टेसनमा ६६ केभी के-३ वे को कन्डक्टर वाइपास गरी पुरानै स्विचगियर मार्फत चार्ज गर्न स्यूचाटार–के३ ६६ केभी प्रसारण लाइन बन्द गर्नु पर्ने भएको हो ।

विद्युत सेवा बेलुकी साढे ६ बजेदेखि पुन सूचारु हुनेछ । नर्धारित समय आगवै काम कार्य सम्पन्न भएमा लाइन सूचारु गरिनेछ । 

 


 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit