विद्युत अपडेट

  • प्राधिकरण : ८२९२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५५९२ मे.वा.घन्टा
  • निजी क्षेत्र : १७७४७ मे.वा.घन्टा
  • आयात : १०७८० मे.वा.घन्टा
  • निर्यात : 0 मे.वा.घन्टा
  • ट्रिपिङ : ३३१० मे.वा.घन्टा
  • ऊर्जा माग : ४५७२१ मे.वा.घन्टा
  • प्राधिकरण : 0 मे.वा.
  • सहायक कम्पनी : 0 मे.वा.
  • निजी क्षेत्र : 0 मे.वा.
  • आयात : 0 मे.वा.
  • निर्यात : 0 मे.वा.
  • ट्रिपिङ : 0 मे.वा.
  • उच्च माग : २१४७ मे.वा.
२०८२ जेठ २, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सान्जेन जलविद्युत कम्पनीको १०औं वार्षिक साधारणसभा भइरहेको छ । शुक्रबार (आज) बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट कम्पनीको साधारणसभा भइरहेको हो । 

साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को वासताल तथा नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने कार्यसूची रहेको कम्पनीले जनाएको छ । 

साधारणसभाले लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७७/७८ को लागि लेखा परीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्नेछ । कम्पनीले रसुवामा १४.८ मेगावाटको माथिल्लो सान्जेन र ४२.५ मेगावाटको सान्जेन जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 

दुवै आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । माथिल्लो सान्जेनको ८८ प्रतिशत र सान्जेनको ७८ प्रतिशत काम पूरा भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आयोजना आर्थिक वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएता पनि महामारी रुपमा फैलिएको कोभिड–१९ का कारण थप समय लाग्ने देखिएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३