विद्युत अपडेट

  • प्राधिकरण : ७०७४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३१११ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५३३५ मे.वा.घन्टा
  • आयात : ७३६४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३५४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १७५५ मे.वा.
२०८१ जेठ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । संखुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण–३ जलविद्युत् आयोजनका लागि अधिग्रहण गरिने थप जग्गाको मुआब्जा निर्धारण भएको छ । जिल्ला प्रशासन कार्यालयले जग्गाको मुआब्जा निर्धारण भएको र मुआब्जा लिन आउन सम्बन्धित जग्गाधनीहरूलाई आग्रह गर्दै सार्वजनिक सूचना जारी गरेको हो ।

आयोजनाका लागि आवश्यक मकालु गाउँपालिका–३ (साविक पाथिभरा गाविस वडा नम्बर ३ र ४) मा पर्ने उवा गाउँ तथा नयाँ बस्तीका जग्गाधनीलाई मुआब्जा बुझ्न जिप्रका संखुवासभाले आग्रह गरेको छ । आयोजनाको स्थलगत सूक्ष्म अध्ययन प्रतिवेदनमा आधारित भएर अधिग्रहण गरिने जग्गामा परेका घरगोठ टहरा तथा रुख विरुवासमेतको मुआब्जा वैशाख १३ गते बसेको बैठकले निर्धारण गरिएको थियो ।

निर्धारित मुआब्जा दरअनुसार साविक पाथिभरा गाविस–४ नयाँ बस्तीमा प्रतिरोपनी ८ लाख रुपैयाँ र पाथिभरा ३ का खेतको प्रतिरोपनी ८ लाख रुपैयाँ र बारीको प्रतिरोपनी ७ लाख ५० हजार रुपैयाँ कायम गरिएको छ । 

भारतको सतलज जलविद्युत् निगमको लगानी रहेको नेपाली कम्पनी एसजेभीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी प्रालिले उक्त आयोजना विकास गरिरहेको छ । आयोजनाको भौतिक प्रगति ७० प्रतिशतभन्दा बढी भइसकेको छ ।  
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit