विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजना १ वर्षभित्र सम्पन्न गर्न निर्देशन दिएको छ । कार्यकारी निर्देशक कुलमा घिसिङ नेतृत्वमा आयोजना स्थल पुगेको प्राधिकरण टोलीले २०७९ पुसभित्र आयोजना सम्पन्न गरी विद्युत उत्पादनको चरणमा पुर्याउन निर्देशन दिएको हो ।

कार्यकारी निर्देशक घिसिङ, आयोजनाको प्रवद्र्धक मध्य भोटेकोसी जलविद्युत कम्पनीका अध्यक्ष हरराज न्यौपाने तथा सञ्चालकहरुसहितको टोलीले शनिबार निर्माणस्थलको निरीक्षण गरी निर्माण प्रगतिको जानकारी लिएको छ । टोलीले आयोजना व्यवस्थापन, ठेकेदार कम्पनीहरु र परामर्शदातासँग छलफल गरी पछिल्लो पटक तोकिएको अवधिभित्र कुनै पनि अवस्थामा निर्माण सम्पन्न हुने गरी एकीकृत तालिका बनाएर काम गर्न निर्देशन दिएको हो । 

निर्माण सुरु भएको ७ वर्ष बितिसक्दा समेत यो आयोजना अझै सम्पन्न हुन सकेको छैन । अहिलेसम्ममा चिलिमे जलविद्युत कम्पनीको सहायक मध्य भोटेकोसी जलविद्युत कम्पनीमार्फत अघि बढेको आयोजनाको ७५ प्रतिशत निर्माण मात्रै पूरा भएको छ ।

आयोजनाको मुख्य सुरुङको निर्माण अन्तिम चरणमा पुगेको छ । ७.२ किलोमिटर लामो मुख्य सुरुङ छेडिन अब ४१५ मिटर मात्रै बाँकी छ । बाँकी सुरुङ खनेर सम्पन्न गर्न अब बढी ३ महिना लाग्ने आयोजनाको प्रवद्र्धक मध्य भोटेकोसी जलविद्युत कम्पनीले जनाएको छ ।

आयोजनाको बाँध, बालुवा थिग्य्राउने पोखरी लगायत मुख्य संरचनाको निर्माणको काम पनि अहिले भइरहेको छ । बर्खा सुरु हुनु अगाडि नै सम्पन्न गरी सक्ने लक्ष्य छ । विद्युतगृहमा पनि अहिले बिना अवरोध काम भइरहेको छ । विद्युतगृहको भौतिक संरचना निर्माणको काम आगामी पुसभित्र सम्पन्न गरिसक्ने कम्पनीले जनाएको छ ।

यो आयोजना अहिलेसम्ममा निर्माण सम्पन्न भई सञ्चालनमा आइसक्नु पर्ने भए पनि २०७१ साउनमा आएको जुरे पहिरो, २०७२ वैशाखको विनाशकारी भूकम्प, २०७२ असोजदेखि करिब साढे पाँच महिना नेपाल–भारत सीमा नाकामा भएको अवरोध, २०७३ असारमा भोटेकोसी नदीमा आएको बाढी, गत वर्षको असारमा निर्माणस्थल भोटेकोसी नदी एवं आसपासको क्षेत्रमा आएको बाढी–पहिरोको र कोभिड–१९को महामारीको चपेटामा परेका कारण ढिलाई हुन पुगेको छ । 

सिभिल एण्ड हाइड्रोमेकानिकल कार्यको ठेक्का पाएको चिनियाँ ठेकेदार क्वाङसी हाइड्रो एण्ड इलेक्ट्रिकल कन्स्ट्रक्सनको कमजोर कार्यासम्पादनका कारण पनि आयोजनाको निर्माण सम्पन्न हुने तालिका पटक–पटक प्रभावित हुँदै आएको छ । 

घिसिङले प्रकृतिक प्रकोपको चपेटामा परेर हुने अवस्थामा पुगिसकेको आयोजनाको मुख्य सुरुङको बाहेक अन्य संरचनाहरुको निर्माण प्रगति सन्तोषजनक देखिएको बताए । ‘प्रभावित तथा सर्वसाधारणले महंगो ब्याजदरमा ऋण काडेर भए पनि सेयर खरिद गरी आयोजनामा लगानी गरेका छन्’, उनले भने, ‘निर्माणमा ढिलाइले विद्युत बिक्रीबाट हुने अम्दानी गुम्दा लगानीकर्ताले प्रतिफल पाउँदैनन् । अब ढिला नगरी १ वर्षभित्र आयोजना सञ्चालनमा ल्याउने गरी काम हुनुपर्छ ।’ 

उनले निर्माणमा देखिएका समस्याको पहिचान गरी समाधान र सहजीकरण गर्न हामी संधै तयार रहेको बताए । उनले आयोजनाको जिम्मेवारी लिई अब फेरि विद्युत उत्पादनको तालिका परिवर्तन नहुने गरी काम सम्पन्न गर्नुपर्नेमा उनले जोड दिए । 

प्राधिकरणका उपकार्यकारी निर्देशक एवं कम्पनीका अध्यक्ष न्यौपानेले आयोजनाको निर्माण अब अन्तिम चरणमा पुगेकाले बाँकी काम पनि एकीकृत तालिका बनाएर अगाडि बढाउन सुझाव दिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामगोपाल सिवाकोटीले ठेकेदार कम्पनीको कार्यसम्पादनमा सुधार आएकाले अहिलेको गतिमा काम भए तोकिएको समयमा आयोजना निर्माण सम्पन्न गर्न सकिने बताए ।

ठेकेदार कम्पनीका प्रतिनिधिले पनि जनशक्ति तथा उपकरणहरु बढाएर तोकिएको समयमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । आयोजनाको लागत बढ्न नदिन सिभिल तथा हाइड्रोमेकानिकलको काम इन्जिनियरिङ, खरिद र निर्माण (इपीसी) मोडेलमा चिनियाँ कम्पनी क्वाङ्सीले ठेक्का लिएको थियो ।

इलेक्ट्रो मेकानिकलतर्फको काम भने एन्ड्रिजले गरिरहेको छ । एन्ड्रिजले उपकरणहरु आयोजना स्थलमा ल्याइसकेको छ । गत वर्ष भोटेकोसी नदीमा आएको बाढी स्टोरमा पसेर उपकरणहरुमा क्षति पुर्याएको थियो । 

आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब २८ करोड ३३ लाख रुपैयाँ रहेको थियो ।  आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक .१५ अर्ब ३ करोड २ लाख ९० रुपैयाँ रहेको छ । निर्माणाधीन आयोजनाको सुरुको कूल लागतमध्ये ५० प्रतिशत स्वपूँजीबाट र ५० प्रतिशत ऋणबाट जुटाइएको छ । 

कम्पनीको जारी पूँजीको ५१ प्रतिशत संस्थापक शेयरधनीहरुमध्येमा नेपाल विद्युत प्राधिकरणको १०, चिलिमे जलविद्युत कम्पनी लिमिटेडको ३७, सिन्धुपाल्चोक हाइड्रोपावर कं. लिको १, नेपाल अरनिको हाइड्रोपावर कम्पनी लिको १, सिन्धु इन्भेष्टमेण्ट कम्पनी प्रालिको १ र सिन्धु भोटेकोशी हाइड्रोपावर लिको १ सेयर रहेको छ । 

४९ प्रतिशत सर्वसाधारण शेयरधनी समुहमा (कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९.५, संस्थापक संगठित संस्थाका कर्मचारीको ३.५, ऋणदाता संस्थाका कर्मचारीको १, सिन्धुपाल्चोक जिल्लाका स्थानीयको १० र सर्वसाधारणको–१५ प्रतिशत) रहेका छन् ।  

कम्पनीले  साधारण सेयर निश्कासन गरी रकम संकलन गरिसकेको छ । कम्पनीका साधारण लगानीकर्ताहरु १० लाख ७५ हजार छन् । आयोजनाबाट वार्षिकरुपमा ५४ करोड २२ लाख युनिट विद्युत उत्पादन हुनेछ । प्राधिकरणले आयोजनाको विद्युत हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः रु ८.४० र ४.८० मा खरिद गर्नेछ । यसबाट कम्पनीलाई वार्षिक २ अर्ब ९० करोड रुपैयाँ आम्दानी हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit