विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बरुण हाइड्रो पावर कम्पनी लिमिटेडको साढे ३ लाख कित्ता हकप्रद सेयर लिलामीमार्फत खुल्ला भएको छ । कम्पनीले आफ्ना सेयरधनीका लागि बिक्री खुल्ला गरेको सेयरमध्ये अवितरित ३ लाख ५५ हजार ६० कित्ता सेयर बिक्री खुल्ला गरेको हो ।

कम्पनीले भदौ ६ गतेदेखि शतप्रतिशत हकप्रद सेयर बिक्री खुल्ला गरेको थियो । २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सेयर बिक्री खुल्ला गरेकोमा २३ लाख २४ हजार १५ कित्ताका लागि मात्र आवेदन परेको थियो । त्यस समयभित्र आवश्यकता अनुसार सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको हो । 

कम्पनीले खुल्ला गरेको लिलामी सेयरमा लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन पाउँनेछन् । आवेदकले बोलपत्र पेस गर्दा न्यूनतम सय रुपैयाँ वा सो भन्दा बढी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले कात्तिक २१ गतेसम्म आवेदन दिन पाउनेछन् ।

कम्पनीको संखुवासभामा ४.५ मेगावाटको हेवा खोला जलविद्युत आयोजना सञ्चालनमा छ । हेवा खोलालले २०६८ साउन २१ गतेदेखि नियमित विद्युतल उत्पादन गरिरहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit