काठमाडौं । सर्वसाधारणले भगवती हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ७ लाख कित्ता सेयर आवेदन दिने आज दिन हो । कम्पनीले सर्वसाधारणका लागि मंगलबार (५ गते) देखि निष्कासन गरेको सेयर आवेदन अवधि साँझ ५ बजेबाट सकिन लागेको हो ।
सय रुपैयाँ अंकितमा १६ रुपैयाँ प्रिमियम थप गरी ११६ का दरले ७ लाख १२ हजार २ सय २० कित्ता सेयर निष्कासन गरेको कम्पनीले जनाएको छ । कम्पनीले पहिलो चरणमा प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि सेयर निष्कासन तथा बाँडफाँड गरी दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरेको हो ।
सर्वसाधारणले न्यूनतम १० कित्ता देखि अधिकतम ५ लाख कित्ता सम्म आवेदन दिन पाउनेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ । कम्पनीको कास्की जिल्लामा ४.५ मेगावाटको बिजयपुर–१ जलविद्युत आयोजना सञ्चालनमा छ ।