विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । देशकै सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना निर्माण सम्पन्न गरी सञ्चालन गरिरहेको अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीले २२ मेगावाटको रोल्वालिङ जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका भएर बग्ने रोल्वालिङ खोलामा आयोजना निर्माण गर्न लागेको हो ।

अध्ययन पूरा भएको आयोजनाको उत्पादन अनुमतिका लागि कम्पनीले विद्युत विकास विभागमा आवेदन दिएको छ । विभागले कम्पनीको नाममा उत्पादन अनुमति जारी गर्न ३५ दिने सूचना जारी गरेको छ ।

विभागले आयोजना निर्माण गर्दा पर्ने असरबारे स्थानीय  वा सरोकारवालसँग राय/सुझाव माग गरेको छ । सरोकारवालाले आफ्नो लिखित राय÷सुझाव आगामी ३५ दिनभित्र कम्पनी वा विभागको कार्यालयमा प्राप्त हुने गरी पेस गर्नुपर्नेछ ।

कम्पनीले आयोजनाको सम्भाव्यता अध्ययनसाथै वातावरणीय प्रभाव मूल्यांकनको काम समेत सकेको छ । आयोजनाको कूल हेड २०७ मिटर अग्लो रहनेछ । आयोजनाको मुख्य संरचना रोल्वालिङ खोलाको दायाँ किनारमा रहने गरी डिजाइन तयार पारिएको कम्पनीले जनाएको छ ।

रोल्वालिङ खोलामा बाँध बाँधेर दायाँपट्टि निर्माण हुने इन्टेकबाट पानी फर्काइ आयोजनाको मुख्य संरचना हुँदै विद्युतगृहमा लगिनेछ । खोलाको पानी फर्काउन ४२ मिटर लामो र ४ मिटर अग्लो कंक्रिट वेयर बनाउने प्रस्ताव गरिएको छ ।

विद्युतगृहमा दुइवटा भर्टिकल एक्सेस पेल्टर्न टर्बाइनसँगै जोडिएका जेनेरेटरबाट बिजुली उत्पादन हुनेछ । आयोजनाको सबै काम पूरा गरेर २०८४ मंसिर १ गतेदेखि उत्पादन गर्ने लक्ष्य छ ।

आयोजनाबाट वार्षिक सरदर १०५ गिगावाट घन्टा बिजुली उत्पादन हुनेछ भने डाईभर्सन स्किमबाट वार्षिक सरदर २१६ गिगावाट घन्टा विद्युतीय ऊर्जा उत्पादन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit