विद्युत अपडेट

  • प्राधिकरण : ८७४७ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६५५३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४५१८९ मे.वा.घन्टा
  • आयात : ३८८ मे.वा.घन्टा
  • निर्यात : १२१६५ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६०९५७ मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : ३०५८ मे.वा.
२०८३ असोज २२, बिहिबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले चालु आर्थिक वर्ष २०८३/८४ मा लागत साझेदारी ढाँचामा कार्यान्वयन हुने स्वच्छ ऊर्जा प्रविधि सम्बन्धी कार्यक्रमका लागि स्थानीय तहहरूबाट आवेदन सङ्कलन सुरु गरेको छ । केन्द्रले विगतका आर्थिक वर्षहरूदेखि सञ्चालन गर्दै आएको विद्युतीय चुलो प्रवर्द्धन तथा जडान कार्यक्रमलाई चालु आवमा पनि निरन्तरता दिन आवेदन आह्वान गरेको हो ।

कार्यक्रममा सहभागी हुन सम्बन्धित स्थानीय तहहरूले आफ्नो लागत सहभागिता अन्तर्गत व्यहोर्न सक्ने बजेट तथा प्रतिबद्धता पत्रका साथै विधिवत् रूपमा भरिएको आवेदन फाराम पेस गर्नुपर्नेछ। वडा कार्यालयहरूको हकमा सम्बन्धित पालिकाको सिफारिस पत्रका साथै पालिका वा स्थानीय तहको बजेट र चुलो सङ्ख्या सुनिश्चित गरिएको हुनुपर्ने व्यवस्था गरिएको छ । यसैगरी, माग गरिएको विद्युतीय चुलो प्रयोगमा आउन सक्ने विद्युतीय संरचना उपलब्ध रहेको भनी नेपाल विद्युत् प्राधिकरणको सम्बन्धित वितरण शाखाबाट यकिन पत्रसमेत संलग्न गर्नुपर्नेछ ।

हरित जलवायु कोष (जिसिएफ) को सहयोगमा केन्द्रले तराईका २२ जिल्लाहरूमा स्वच्छ ऊर्जा कार्यक्रम (सिसिएस) छुट्टै कार्यान्वयन गरिरहेकाले यो लागत साझेदारी विद्युतीय चुलो कार्यक्रम उक्त २२ जिल्लाबाहेकका अन्य जिल्लाहरूमा मात्र लागू हुने केन्द्रले जनाएको छ ।

आवेदन सम्बन्धी ढाँचा तथा विस्तृत जानकारी केन्द्रको आधिकारिक वेबसाइट (www.aepc.gov.np) बाट प्राप्त गर्न सकिने केन्द्रले जनाएको छ । सूचना अनुसार इच्छुक स्थानीय तहहरूले २०८३ भदौ ४ गते (कार्यालय समयभित्र) सम्म आवेदन बुझाइसक्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३