विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिरकणले चितवनको माडी नगरपालिकामा बढ्दो विद्युत् माग र हालको आपूर्ति गुणस्तर सुधार गर्न वैकल्पिक भूमिगत लाइन निर्माण परियोजना अघि बढाएको छ । खास गरी जगतपुर माडी ३३ केभि सब प्रसारण लाइनको चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने ७.५ किलोमिटर भूमिगत लाइन खण्डको दोस्रो सर्किटको रुपमा प्राधिकरणले ८.०५ किलोमिटर भूमिगत लाइन निर्माण अघि बढाएको हो ।

हालको सिंगल सर्किट भूमिगत लाइनको कुल विद्युत् भार क्षमता कुल २.४ मेगावाट रहेको त्यसमा पनि पटक पटक प्राविधिक समस्या आउँदा माडी क्षेत्रमा विद्युत् प्रावहको गुणस्तर निकै खस्किएको भन्दै प्राधिकरणले दोस्रो सर्किट निर्माण अघि बढाएको जनाएको छ । नयाँ निर्माण गरिने भूमिगत लाइनको विद्युत् भार क्षमता १६ मेगावाट हुने बताइएको छ । यो क्षमताकाले प्रसारण लाइनले आगामी ३० वर्षसम्मको मागलाई धान्ने अनुमान गरिएको छ । 

यो प्रसारण लाइन चितवनको भरतपुर महानगरपालिका–१८ बाटस्थित चनौली सबस्टेशनबाट सुरु भई माडी नगरपालिका–५ बसन्तपुर सबस्टेशनमा जोडिएको छ । जगतपुर–माडी ३३ केभि सब प्रसारण लइन आयोजना नाम दिइएको उक्त ३२.५ किलोमिटर लामो प्रसारण लाइन मध्ये निकुञ्ज क्षेत्रभित्र पर्ने राप्तीखोलाछेउ (कसराघाट) देखि रिउखोलासम्मको ८.०५ किमि खण्डको पूरक वातावरणीय प्रभाव मूल्यांकन (एसइआइए) प्रतिवेदन तयार पारी ऊर्जा मन्त्रालयको विुद्युत् विकास विभागमार्फत वन तथा वातावरण मन्त्रालयमा पेश गरेको छ ।  
 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३