विद्युत अपडेट

  • प्राधिकरण : ९१४० मे.वा.घन्टा
  • सहायक कम्पनी : १७४६६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४८४७७ मे.वा.घन्टा
  • आयात : १२९ मे.वा.घन्टा
  • निर्यात : २१६२१ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७५२१२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३३१४ मे.वा.
२०८३ साउन १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले संस्थागत, सामुदायिक तथा व्यावसायिक फोहोरबाट बायोग्यास ऊर्जा उत्पादन गर्नका लागि सहयाेग चाहने स्थानीय तहहरूसँग आशयपत्र माग गरेको छ । आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार केद्रले शुक्रबार सूचना जारी आशयपत्र आह्वान गरेको हो ।

केन्द्रका अनुसार उक्त कार्यक्रम अन्तर्गत महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाहरूमा अवस्थित संस्थागत, सामुदायिक र व्यावसायिक फोहोरलाई उपयोग गरी ऊर्जा उत्पादन गर्ने लक्ष्य राखिएको छ । यसअन्तर्गत साना, मझौला तथा ठूला बायोग्यास प्लान्टहरू निर्माणका लागि सहयोग उपलब्ध गराइनेछ । बायोग्यास उत्पादनसँगै त्यसबाट निस्कने लेदोलाई प्राङ्गारिक मलका रूपमा प्रशोधन गरी कृषि बालीनाली तथा खेतबारीमा प्रयोग गर्ने केन्द्रको लक्ष्य छ ।

हालसम्म २० वटा ठूला क्षमताका व्यावसायिक एवं पालिकास्तरका फोहोरबाट बायोग्यास ऊर्जा उत्पादन गर्ने आयोजनाहरू निर्माण भइसकेको जनाइएको छ । यसअघि यस्तो प्रकारको आशयपत्र पेस गरिसकेका पालिकाहरूले पनि यस सूचना बमोजिम पुनः आशयपत्र पेस गर्नुपर्नेछ । 

केन्द्रले काठमाडौँको ताहाचलस्थित कार्यालय वा आधिकारिक इमेलमार्फत आगामी भदौ ४ गते (कार्यालय समयभित्र) सम्म आशयपत्र बुझाउन आह्वान गरेको हो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३