विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । पर्साको जिरा भवानी गाउँपालिकामा २.३ मेगावाटको डीडीबी सौर्य विद्युत् आयोजना निर्माण गरिने भएको छ । यसका लागि प्रवर्द्धक कम्पनी तराई इनर्जी प्रालिले आवश्यक अनुमति माग्दै विद्युत् विकास विभागमा आवेदन दिएको छ । उक्त आयोजनाले उल्लेखनीय वातावरणीय प्रभाव पार्ने भए त्यसबारे लिखित राय, सुझाव वा प्रतिक्रिया पेश गर्न आह्वान गर्दै बुधबार ३५ दिने सूचना जारी गरेको छ ।

विभागका अनुसार आयोजना २०८१ चैत महिनाभित्रै सञ्चालनमा ल्याउने गरी अघि बढाउन लागिएको छ । जिरा भवानी–२ मा २.७ हेक्टर जग्गामा सोलार फोटोभोल्टिक प्यानलहरू जडान गरी त्यसबाट डीसी विद्युत् निकाल्ने योजना छ । आयोजनाबाट २९५ किलोवाट क्षमताका ७ वटा र २३५ किलोवाटको एउटा इन्भर्टरमार्फत बिजुली उत्पादन गर्ने र सो विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत प्राधिकरणको सेढवा सबस्टेशनमा जोड्ने लक्ष्य राखिएको छ ।

आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन जेठ ८ गते ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयबाट स्वीकृत भएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३