विद्युत अपडेट

  • प्राधिकरण : ८०५० मे.वा.घन्टा
  • सहायक कम्पनी : १२३५० मे.वा.घन्टा
  • निजी क्षेत्र : ३९६९१ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५२०० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६००९२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८२६ मे.वा.
२०८३ साउन ५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका सबै घरधुरीका भान्सामा तत्काल विद्युतीय चुलो प्रयोग गर्नका लागि नेपालको प्रसारण तथा वितरण पूर्वाधारको क्षमता नपुग्ने बताएका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । 

‘हामी तुरुन्तै विद्युतीय युगमा जान सकिने अवस्था छैन,’ उनले भने, ‘देशका हरेक भान्सामा विद्युतीय चुलो (इन्डक्सनलगायत) देशमा भएका सबै सबस्टेसन र ट्रान्सफर्मर पड्किन्छन्, त्यस्को क्षमताले धान्दैन ।’

प्रसारण तथा वितरण पूर्वाधारको स्तरोन्नति तथा विस्तार गर्नका लागि पैसा चाहिने बताउँदै उनले त्यही पैसा जुटाउन ५० युनिटभन्दा बढीको विद्युत् खपतमा ५ प्रतिशतका दरले मूल्य अभिवृद्धि कर (भ्याट) लगानी नीति सरकारले बजेटमार्फत ल्याए स्पष्ट पारे ।

‘यो भ्याट भनेको १०० रुपैयाँमा थप ५ रुपैयाँ भनिएकोले ठूलो रकम होइन,’ उनले भने, ‘यसबाट उठ्न राजस्वबाट देशभरका प्रसारण तथा वितरण पूर्वाधारको स्तरोन्नति वा क्षमता अभिवृद्धिका लागि खर्च गरिने छ, त्यसपछि मात्रै हामी साँच्चै विद्युतीय चुलोमा खाना पकाउन सक्ने गरी रूपान्तरण हुन सक्छौँ ।’

अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार सरकारले संघीय संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा ५० युनिटमाथिको विद्युत् खपतमा ५ प्रतिशत भ्याट लगाउने नीति ल्याइएपछि यसको सर्वत्र आलोचना भइरहेको छ । सांसदहरूले समय संसद्मा यो विषय उठाएका थिए ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३