विद्युत अपडेट

  • प्राधिकरण : ९८११ मे.वा.घन्टा
  • सहायक कम्पनी : १५८५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१९८ मे.वा.घन्टा
  • आयात : ९८२ मे.वा.घन्टा
  • निर्यात : १८८३१ मे.वा.घन्टा
  • ट्रिपिङ : ५० मे.वा.घन्टा
  • ऊर्जा माग : ६८८९७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३१३० मे.वा.
२०८३ असार १६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा प्रवर्द्धन गरिएको ढल्केबर–बालगंगा १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । यस लाइनलाई राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको ढल्केबर–बालगंगा १३२ केभी प्रसारण लाइन आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार धनुषाको ढल्केबर सबस्टेसनदेखि सोही जिल्लाको हंसपुर नगरपालिका–१ मा अवस्थित बालगंगा सबस्टेसनसम्म निर्माण भएको उक्त डबल सर्किट प्रसारण लाइनबाट विद्युत् प्रवाह गरी परीक्षण गर्न लागिएको हो ।  मंगलबार (२०८३ असार १६ गते) देखि उच्च भोल्टेजको विद्युत् प्रवाह गरेर लाइनको परीक्षण सुरु गरिने र परीक्षण सफल भएपश्चात उक्त लाइनलाई स्थायी रूपमा सञ्चालनमा ल्याइने छ । लाइनमा उच्च भोल्टेजमा विद्युत् प्रवाह हुने भएकाले सर्वसाधारणको जीउधनको सुरक्षाका लागि प्राधिकरणले विशेष सतर्कता अपनाउन आह्वान गरेको छ ।

यस प्रसारण लाइनको रुट धनुषाका विभिन्न स्थानीय निकायहरू भएर जाने गरी निर्माण गरिएको छ । त्यसअन्तर्गत जिल्लाको बटेश्वर गाउँपालिका–५, लक्ष्मिनियाँ गाउँपालिका–३ र ६, मिथिला विहारी नगरपालिका–८, ९ र १०, औरही गाउँपालिका–१ र हंसपुर नगरपालिका –१, ४ र ९ पर्दछन् ।

यी क्षेत्रका बासिन्दाहरूलाई प्रसारण लाइनका टावरहरूमा नचढ्न, कुनै पनि वस्तुले तारमा नछुन र ‘खतरा’ सङ्‌केत जनाइएका वस्तु वा संरचनाहरूलाई नछुन आयोजनाको आग्रह छ । साथै आफ्ना बालबालिकालाई समेत यस विषयमा सचेत गराई टाढै राख्न आह्वान गरिएको छ ।

लाइन परीक्षणका क्रममा कतै स्पार्क (विद्युतीय झिल्का) उत्पन्न भएमा वा अन्य कुनै खतरा देखिएमा तुरुन्त नजिकका प्रहरी चौकी तथा प्राधिकरणको कार्यालयमा खबर गर्न आह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३