विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ असोज २०, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

दोलखा । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँधस्थलभन्दा करिब २ किलोमिटरमाथि सुख्खा पहिरोले थुनिएको तामाकोसी नदी ४ घण्टापछि खुलेको छ । देउराली भन्ने ठाउँमा बिहान साढे १० बजेदेखि निरन्तर झरेको सुख्खा पहिरोले नदी थुनिएको थियो ।

थुनिएको ठाउँमा पानी भरिएर अहिले पानी बग्न थालेको लामाबगरदेखि सडक निर्माणमा खटिएका लप्ची खोला जलविद्युत् आयोजनाको फिल्ड इञ्चार्ज हेमराज तमाङले जानकारी दिए । थुनिएको ठाउँबाट निरन्तर बग्न थालेकोले जोखिम घटेको उनले बताए ।

थुनिएको ठाउँबाट बगेको पानी माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँध रहेकोले त्यसले पनि पानीको बहाब रोक्ने हुनाले तल्लो तटीय क्षेत्रमा जोखिम नभएको इलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ ।

लामाबगरदेखि माथिल्लो क्षेत्रमा लप्ची खोला जलविद्युत् आयोजनाले सडक निर्माण गरिरहेका बेला बेलामा यस्तो सुख्खा पहिरो झर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३