विद्युत अपडेट

  • प्राधिकरण : ५२४८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५९१० मे.वा.घन्टा
  • निजी क्षेत्र : १६८३८ मे.वा.घन्टा
  • आयात : ८९७७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १२० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७०९३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०८३ मे.वा.
२०८२ चैत १८, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । करिब साढे ३ दशकदेखि ऊर्जा क्षेत्रमा सक्रिय रहेर नेपाल तथा विदेशमा समेत काम गर्दै आएका ऊर्जाविद् बाबुराम भारद्वाजले नवगठित बालेन्द्र शाह सरकारलाई तुरुन्त तमोर जलाशय जलविद्युत् आयोजना निर्माणमा लैजान सुझाव दिएका छन् ।

देशको ऊर्जा सुरक्षा र गुणस्तरीय विद्युत् आपूर्तिका लागि जलाशय आयोजनाको विकल्प नरहेको भन्दै उनले उक्त सुझाव दिएका हुन् । भारद्वाजले सामाजिक सञ्जाल फेसबुकमा केही विवरण उल्लेख गर्दै उक्त आयोजना तुरुन्त कार्यान्वनमा जानुपर्नेमा जोडसमेत दिएका छन् ।

भारद्वाजले सामाजिक सञ्जालमा उल्लेख गरेको विवरण केही सम्पादन गरी तल प्रस्तुत गरिएको छ :

ऊर्जा क्षेत्रको विकासमा तुरुन्तै एक नम्बर प्राथमिकताका साथ निर्माणमा लैजान तमोर जलाशय आयोजना सिफारिस तथा अनुरोध गर्दछु । जुन विषय मैले सन् २०२४ मा तत्कालीन सरकारलाई समेत ध्यानाकर्षणसमेत गराएको थिएँ । नेपाल विद्युत् प्राधिकरणको सन् २०१३ को अध्ययनअनुसार यसलाई सजिलै कार्यान्वयनमा लैजान सकिने छ ।

प्रस्तावित तमोरको ढाँचालाई अझ बढी प्रभावकारी बनाउन मैले गरेको अध्ययन र त्यसबाट प्राप्त परिमार्जित नतिजाहरू यहाँ प्रस्तुत गरिएको छ । प्राधिकरणले सन् २०१३ मा गरेको अध्ययनलाई आधार मानी, आयोजनाको डिजाइन र क्षमतामा केही महत्त्वपूर्ण हेरफेर (र-डिजाइन) गर्न आवश्यक देखिन्छ । जसअनुसार परिमार्जित मुख्य विशेषताहरू निम्नानुसार छन्:

मुख्य प्राविधिक विशेषताहरू

•    बाँधको प्रकार: अभेद्य भित्री भाग (Impervious Core) भएको चट्टानी बाँध (Rockfill Dam)
•    बाँधको माथिल्लो सतह (Crest Level): ६१० मिटर (समुद्र सतहबाट)
•    अधिकतम जलस्तर (Full Supply Level): ६०० मिटर
•    न्यूनतम सञ्चालन स्तर (Min. Operation Level): ५४८ मिटर
•    उपयोगी मौज्दात क्षमता (Live Storage): ६ अर्ब ८४ करोड ३० लाख घनमिटर (MCM) - विद्युत्‌ उत्पादनका लागि प्रयोग हुने
•    टेल वाटर लेभल (Tail Water Level): ३५२ मिटर
•    टर्बाइनको सेन्टर लाइन लेभल (Turbine CL Level): ३४७ मिटर
•    डिजाइन बहाव (Design Discharge): ७४४ घनमिटर प्रति सेकेन्ड
•    कुल हेड (Gross Head): २४८ मिटर (६०० – ३५२ = २४८ मिटर)
•    जडित हेड (Rated Net Head): २२५ मिटर
•    जडित क्षमता (Installed Capacity): १,४४३ मेगावाट
•    टर्बाइन विवरण: २४०.५० मेगावाटका ६ वटा भर्टिकल एक्सिस फ्रान्सिस टर्बाइनहरू (कुल १,४४३ मेगावाट)
•    जगदेखि बाँधको उचाइ: २६५ मिटर

विद्युत्‌ गृह सञ्चालन मोड (Power Plant Operation Mode)

१. सुख्खा महिना (मंसिरदेखि जेठसम्म - ६ महिना वा नोभेम्बर मध्यदेखि मध्य मे महिनासम्म): दैनिक १० घन्टा पूर्ण क्षमतामा
२. वर्षातका महिना (जेठदेखि मंसिरसम्म - ६ महिना वा मे मध्यदेखि मध्य नोभेम्बरसम्म): दैनिक ४ घन्टा पूर्ण क्षमतामा

ऊर्जा उत्पादन (Energy Generation):

•    सुख्खायामको ऊर्जा: २,६११.८३ गिगावाट घन्टा
•    वर्षायामको ऊर्जा: १,०६२.०४८ गिगावाट घन्टा
•    वार्षिक कुल ऊर्जा: ३,६७३.८७८ गिगावाट घन्टा

अनुमानित लागत

•    आयोजनाको अनुमानित कुल लागत (निर्माण अवधिको बैंक ब्याजसहित): करिब १ अर्ब ९० करोड अमेरिकी डलर

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३