विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पछिल्लो समय निजी ऊर्जा उत्पादकहरूको आकर्षण सौर्य विद्युत उत्पादनतर्फ बढ्दै गएको छ । सरकारको मिश्रित ऊर्जाको अवधारणाका कारण सौर्य विद्युत आयोजनाको विकासमा लगानी गर्ने लगानीकर्ताको संख्या बढ्दै गएको हो ।

जलविद्युतको भन्दा कम लागत तथा छोटो समयमा निर्माण सम्पन्न गर्न सकिने हुँदा लगानीकर्ताको आकर्षण सौर्य ऊर्जामा बढिरहेको हो । विद्युत खरिद दर निर्धारण भएपछि नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) गरी धेरै सौर्य विद्युत आयोजना निर्माणमा गएका छन् ।

विद्युत विकास विभागका अनुसार हालसम्म ९ सय ७ मेगावाट ३५ सौर्य आयोजनाले अध्ययन अनुमतिका आवेदन दिएका छन् । आवेदन दिनेमध्ये सबैभन्दा ठुलो ३ सय मेगावाटका सौर्य आयोजना रहेको छ । यो आयोजनाको जिटी इनर्जी प्रालिले अध्ययन अनुमतिका लागि आवेदन दिएको विभाग तथ्याङ्कमा छ ।

यस्तै, यही कम्पनीले नै २ सय मेगावाटको सौर्य आयोजना अध्ययन अनुमतिका लागि आवेदन दिएको छ । यस्तै, मिथिला इनर्जीले महोत्तरीमा ८० मेगावाटको सौर्य आयोजना अध्ययन अनुमतिका लागि आवेदन दिएको छ । यही कम्पनीले ३०÷३० मेगावाटको २ सौर्य आयोजना महोत्तरीमा अघि बढाउनका लागि अनुमति माग गरेको विभागले जनाएको छ ।

विभागका अनुसार ३० मेगावाट डाडाटोल सौर्य आयोजना जिल्लाको किसान नगर र पशुपति नगरमा अघि बढ्नेछ । अर्को ३० मेगावाटको  भोलाटोल सौर्य आयोजना पशुपति नगरमा निर्माण हुनेछ । कम्पनीले दुवै आयोजनाको अध्ययन अनुमतिका लागि विभागमा गत असोज ६ गते आवेदन दिएको हो ।

१० मेगावाटका २२ सौर्य आयोजनाले अध्ययन अनुमतिका लागि आवेदन परेको  विभागको तथ्याङ्कमा छ । यस्तै, बाँकी १० मेगावाट भन्दा साना सौर्य आयोजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit