विद्युत अपडेट

  • प्राधिकरण : ९८८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८८१२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २२३९७ मे.वा.घन्टा
  • आयात : ३७८० मे.वा.घन्टा
  • निर्यात : ३०५२ मे.वा.घन्टा
  • ट्रिपिङ : २०४० मे.वा.घन्टा
  • ऊर्जा माग : ४६९१८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२१२ मे.वा.
२०८२ जेठ २३, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भारतमा विद्युत् निर्यात सुरु गरेको छ । खपतको तुलनामा आन्तरिक उत्पादन बढी भएपछि प्राधिकरणले विद्युत् निर्यात सुरु गरेको हो । गत शनिबार राती १२ बजेदेखि रातको समयमा दैनिक १५० देखि २०० मेगावाटसम्म विद्युत् निर्यात गरिरहेको प्राधिकरणका प्रवक्ता राजा भाइ शिल्पकारले बताए । 

‘रातको समयमा हामीकहाँ खपत नभएको विद्युत् हामीले भारत निर्यात गर्न थालेका हौँ,’ उर्जा खबरसँग उनले भने, ‘भारतको प्रतिस्पिर्धी बजार इन्डियन इनर्जी एक्सचेन्ज–आइइएक्सको चल्तीको दर अनुसार रियल टाइम मार्केटमा हामीले बिजुली बेच्न थालेका हौँ ।’

उनका अनुसार प्राधिकरणले शनिबार राती १२ बजेपछि २०० मेगावाट, आइतबार १५० मेगावाट, सामेबार १७० मेगावाट र मंगलबार १५० मेगावाट विद्युत् निर्यात गरेको छ । 

प्राधिकरणका अनुसार हाल नेपालको उच्च माग २ हजार मेगावाट रहँदा अन्तरिक उत्पादन झण्डै १ हजार ५ सय मेगावाटको हाराहारी पुगेको छ । यस मध्ये प्राधिकरणको ३५९ मेगावाट, प्राधिकरणका सहायक कम्पनीको २७५ मेगावाट र निजी क्षेत्रको ८५७ मेगावाट रहेको छ । विद्युत्‌को उच्च माग हुने समय साँझ, बिहान तथा दिउँसो भने प्राधिकरणले अझै पनि अपुग बिजुली भारतबाट आयात गरिरहेको छ ।

प्रि–मनसुन, पश्चिमी तथा स्थानीय वायुको प्रभावले नेपालमा दैनिकजसो वर्षा भइरहँदा हाल खोलानदीमा पानीको बहाब बढेपछि आन्तरिक उत्पादनमा समेत वृद्धि भएको हो । नेपालले हाल भारतमा निर्यात गरिरहेको बिजुली नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत् केन्द्रको मात्र रहेको प्रवक्ता शिल्पकारको भनाइ छ । वर्षा बढ्दै जाँदा आन्तरिक उत्पादन पनि सोही अनुपातमा बढ्दै जाने र आयात बन्द गरेर निर्यात मात्र गर्ने अवस्थामा पुगिने प्राधिकरणको अनुमान छ । 

नेपालले सन् २०२१ को मे १ देखि भारतको प्रतिस्पर्धी बजार आइइएक्समा प्रवेश पाएको थियो । त्यसयता हरेक वर्ष वर्षाको समयमा खपत नभएको विद्युत् भारतमा निर्यात गर्दै आएको छ ।

त्यस्तै, प्राधिकरणले २०८१ साल असोज १७ गते भएको त्रिपक्षीय सम्झौता अनुसार यस वर्षदेखि ५ वर्षका लागि १५ जुनदेखि १५ नोभेम्बरसम्म (हरेक वर्ष वर्षात्‌का ५ महिना) भारतको प्रसारण सञ्जाल प्रयोग गरी बंगलादेशमा समेत ४० मेगावाट विद्युत् निर्यात गर्नुपर्ने छ । 

नेपालबाट भारतको एनभीभीएनको प्रसारण लाइन प्रयोग गरेर बंगलादेश विद्युत् निर्यात गरेबापतको ‘ह्विलिङ चार्ज’ भने बंगलादेशी कम्पनीले नै तिर्ने सम्झौता छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३