तनहुँ । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा प्रभावित भएका १ सय १ परिवारलाई क्षतिपूर्ति रकम प्रदान गरिएको छ।
आयोजनाप्रमुख श्यामजी भण्डारीका अनुसार ऋषिङ गाउँपालिका–१ का ९८ र व्यास नगरपालिका–५ बेतेनका क्षेत्रका २० गरी ११८ परिवारलाई क्षतिपूर्ति प्रदान गर्ने निर्णयअनुसार पहिलो चरणमा १ सय १ परिवारलाई रकम प्रदान गरिएको हो । क्षतिपूर्ति रकम अधिकतम ३ लाख र न्यूनतम १० हजार रुपैयाँ प्रदान गरिएको उनले बताए ।
आयोजनाको प्याकेज एकअन्तर्गत बाँधलगायत संरचना निर्माणको काम जारी छ । बाँधको जग निर्माणस्थलमा जम्मा भएको पानी फाल्ने र टावर क्रेन जडान भएको छ ।
आयोजनाप्रमुख भण्डारीले भने, ‘बाँध निर्माणस्थलको तल्लो तटीय क्षेत्रमा ड्रिलिङ, कङ्क्रिटिङको काम जारी छ ।’