विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । म्याग्दीस्थित २२० केभी दाना सबस्टेसन आइतबार (आज) चार्ज हुने भएको छ । कालीगण्डकी कोरिडोर प्रसारण लाइनअन्तर्गत दानामा निर्माण सम्पन्न सबस्टेसन दिउँसो चार्ज हुन लागेको हो ।

सबस्टेसन ‘नो लोड’ मा चार्ज गर्ने गरी सबै तयारी पूरा भएको आयोजना प्रमुख चन्दनकुमार घोषले बताए । उनले कुनै प्रकारको प्राविधिक समस्या नआए हिउँदो २ देखि ४ बजेकोबीचनमा सबस्टेसन चार्ज  गरेर जडान भएका पावर ट्रान्सफर्मरको परीक्षण गरिने बताए । 

‘प्रसारण लाइनको दाना–कुस्मा खण्डको खुर्कोट सबस्टेसन चार्ज भइसकेको छ,’ उनले ऊर्जा खबसँग भने, ‘आज दाना सबस्टेसन चार्ज हुन्छ ।’ उनले प्रसारण लाइनको ४० किलोमिटर लामो दाना–कुस्मा खण्ड पनि शनिबार नो लोडमा चार्ज भएको बताए ।

यसअघि खुर्कोट सबस्टेसन र दाना–कुस्मा प्रसारण लाइनमा नो लोडमा चार्ज गरेर गरिएको परीक्षण सफल भएकाले दाना सबस्टेसनको परीक्षण सफल भएमा चाँडै लोड दिएर चार्ज गरिने पनि घोषले बताए ।

२०७३ साल भदौबाट निर्माण सुरु भएको प्रसारण लाइनको यो खण्डमा १ सय १० वटा टावर निर्माण गरिएको छ । दाना र कुस्माको खुर्कोटमा २२०/१३२ केभी सबस्टेसन निर्माण भएका छन् ।

एशियाली विकास बैंक (एडिबी) को ऋण तथा सरकार र नेपाल विद्युत प्राधिकरणको लगानीमा यो प्रसारण लाइन आयोजना निर्माण गरिएको हो । 
पहिलो खण्ड सञ्चालन भएपछि म्याग्दी जिल्लाका विभिन्न नदी खोलामा निर्माण भएका र हुने जलविद्युत आयोजनाको विद्युत कुस्मा (खुकोट) सम्म ल्याई १३२ केभी प्रसारण लाइनमार्फत पोखरा पुर्याइने छ । 

यो खण्ड सञ्चालन भएपछि यसअघि नै निर्माण सम्पन्न भई पूर्ण क्षमतामा चल्न नपाएका १३.६ मेगावाटको थापाखोला र ५ मेगावाटको घलेम्दी आयोजना जोडिने छन् । प्रसारण लाइन अभावमा थापा खोलाको ६.८ मेगावाट विद्युत मात्रै प्रणालीमा जोडिएको छ । बाँकी विद्युत खेर गइरहेको छ ।  

अहिले थापाखोला ३३ केभी वैकल्पिक लाइनमा जोडिएको छ । निर्माण अन्तिम चरणमा पुगेको ४२ मेगावाटको मिस्ट्री खोलाको विद्युत पनि यही प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिँदै छ । 

प्रसारण लाइनको कुस्मा–न्यू बुटवल खण्ड पनि निर्माणाधीन छ । ८७ किलोमिटर लामो प्रसारण लाइनको २ सय ३० वटा टावर मध्ये १ सय वटाको मात्रै काम बाँकी रहेको घोषले जानकारी दिए ।

यो खण्डमा केही स्थानमा जग्गाको मुआब्जा विवादले निर्माण प्रभावित हुन पुगेको छ । समस्या नभएका स्थानमा नियमित काम भइरहे पनि मुआब्वा विवाद भएका स्थानमा काम अघि बढ्न नसकेको आयोजनाले जनाएको छ ।

वन क्षेत्रको रुख कटान गर्ने स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा कागजात पेश गरिएको छ । प्रसारण लाइनको तेस्रो खण्ड (न्यू बुटवल–वर्दघाट) पनि निर्माणाधीन छ । यो खण्ड २० किलो मिटर लामो छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit