विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख ११, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा रसुवामा अघि बढेका १६८.३ मेगावाटका जलविद्युत आयोजनाको निर्माण चाँडै सम्पन्न गर्न निर्देशन दिएको छ । निर्माण सुरु भएको ७ वर्षमा पनि सम्पन्न हुन नसकेका १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाको निर्माणमा ढिलाइ नगर्न ताकेता गरेको हो ।

२०७२ सालको महाभूकम्प, भारतीय सीमामा भएको अवरोधले निर्माण सामग्री तथा उपकरणको ढुवानीमा समस्या, भौगोलिक विकटता, ठेक्का कार्यान्वयनमा देखिएका जटिलता, ठेकेदारको कमजोर कार्यसम्पादन, बाढी पहिरो, कोभिड–१९ महामारी लगायतका कारणले ३ वटै आयोजनाको काम पटक–पटक प्रभावित हुँदै आएको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजना व्यवस्थापन, निर्माणमा संलग्न ठेकेदारहरू एवं परामर्शदातासँग बाँकी काम चाँडै सम्पन्न गर्न निर्देशन दिएका छन् । ‘सबै आयोजनाको मुख्य सिभिल संरचनाहरू तयार भइसकेका छन्,’ उनले भने, ‘सर्वसाधारणको समेत लगानी भएका आयोजना सम्पन्न गर्न अब यो भन्दा ढिलाइ गर्नु हुँदैन । बढीमा ७ देखि ८ महिनामा आयोजनाको काम पूरा गरी लगानीकर्तालाई प्रतिफल दिनुपर्छ ।’ 

घिसिङ चिलिमेको कार्यकारी प्रमुख हुँदा यी आयोजनाको वित्तीय व्यवस्थापन सम्झौता भई निर्माण सुरु गरिएको थियो । ९१ प्रतिशत पूरा भएको माथिल्लो सान्जेन आयोजनाको बाँध, बालुवा थिग्य्राउने पोखरी, सुरुङलगायतका सिभिल संरचनाको निर्माण र गेट, पेनस्टक पाइपलगायत  हाइड्रोमेकानिकल उपकरणहरूको जडान कार्य  सम्पन्न भइसकेको छ ।  

माथिल्लो सान्जेनको क्यासकेडको सान्जेनको मुख्य सुरुङ र सर्जट्याङ खन्ने कार्य सम्पन्न भई अन्तिम चरणका कामहरू भइरहेका छन् । विद्युतगृहमा उपकरण राखिने संरचनाहरुको निर्माण सम्पन्न भइसकेको छ । सान्जेनको भौतिक प्रगति ८३ प्रतिशत छ । 

दुवै आयोजनाका इलेक्ट्रोमेकानिकल उपकरणहरूको उत्पादन, जडान, परीक्षण सञ्चालनको ठेक्का पाएको कम्पनीका प्राविधिकहरु चीनबाट नेपाल आउन नसक्दा करिब २ वर्षदेखि काम रोकिएको छ । निरन्तरको प्रयासपछि चिनियाँ प्राविधिकहरू मंगलबार नेपाल आउन लागेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार अब चिनियाँ तथा नेपाली प्राविधिकहरूबाट विद्युतगृहमा उपकरण जडान कार्य सुरु गरिनेछ ।

यी आयोजनाको विद्युत चिलिमे हब सबस्टेसनसम्म पुर्याउन आवश्यक प्रसारण लाइन निर्माण भइरहेको छ । प्रसारण लाइनका टावरहरू निर्माण भइसकेका छन् । अब तार टाँग्न बाँकीे छ । 

यस्तै, रसुवागढी जलविद्युत आयोजनाको मुख्य सिभिल संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ । सिभिल संरचना र हाइड्रोमेकानिकल उपकरणहरुको ठेकेदारले आफ्नो काम आगामी चैतभित्रमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । 

इलेक्ट्रोमेकानिकल ठेकेदारले काम नगर्दा आयोजनाको निर्माण लामो समयसम्म प्रभावित हुन पुग्यो । इलेक्ट्रोेमेकानिकलतर्फका ९९ प्रतिशत उपकरणहरू आयोजनास्थलमा आइसकेका छन् ।  अहिले इलेक्ट्रोेमेकानिकल उपकरणहरूको जडान कार्य भइरहेको छ । 

‘उपकरण जडानका लागि ठाउँको अभाव छैन । तर, इलेक्ट्रोमेकानिकल ठेकेदारको कमजोर कार्यसम्पादनले आयोजना प्रभावित हुँदै आएको छ । अब कामदारको संख्या बढाएर भए पनि बढीमा ९ महिनाभित्र आयोजना विद्युत उत्पादनको चरणमा पुग्नुपर्छ । बरु ठेकेदारका समस्या समाधान गर्न व्यवस्थापन पक्ष तयार छ’ घिसिङले भने ।

तीन वटै आयोजनाको विद्युत निर्माणाधीन २२० केभीको चिलिमे हब सबस्टेसनमा जोडिनेछ । चिलिमे  तथा त्रिशूली थ्री बी हब सबस्टेसन र चिलेमी–त्रिशूली प्रसारण लाइन आगामी असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यही प्रसारण लाइनमार्फत आयोजनाहरको विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह हुनेछ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit