विद्युत अपडेट

  • प्राधिकरण : ८९२६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७६५ मे.वा.घन्टा
  • आयात : ३६८० मे.वा.घन्टा
  • निर्यात : ४१९२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५६२१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६२९ मे.वा.
२०८३ जेठ २६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले चाडवाडको समयमा विद्युत प्रवाहमा कुनै कमजोरी हुन नदिन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएकी छन् । नेपालीका चाडपर्व सुरु हुन लागेको अवस्थामा कुनै समस्या आउन नदिन बताएकी हुन् ।

आज (असोज १४ गते) प्राधिकरणका उच्च तहका कर्मचारीलाई मन्त्रालयमा बोलाएर जनताको हितमा काम गर्न निर्देशन दिइन् । ‘जनतालाई दिने सेवाप्रति कर्तव्यबोध गर्नुपर्छ,’ उनले भनिन्, ‘जुनसुकै समयमा सेवाको गुणस्तरीयता घट्नु भएन ।’ केही बेर पनि विद्युत गयो भने जनतामा निराशा पैदा हुने उल्लेख गर्दै यस्तो हुन नदिन उच्च सतर्कता अपनाउन आग्रह गरिन् ।

सोही अवसरमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्मचारीहरू जस्तोसुकै असहज परिस्थितिमा पनि सेवामा लागिरहेको र यस्ता चाडपर्वका समयमा अझै सक्रियता अपनाउने बताए ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३