विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ७, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दोलखा र रामेछापको सिमा भएर बग्ने खिम्ती खोलामा निर्माणाधीन ४८ मेगावाटको खिम्ती–२ जलविद्युत आयोजनाको सुरुङ निर्माण गर्ने क्रममा स्थानीय एक युवकको मृत्यु भएको छ । सुरुङ खन्ने क्रममा पहिरो खस्दा पुरिएर ३१ वर्षिय आङकाजी शेर्पाको मृत्यु भएको हो ।

शेर्पाको आइतबार दिउँसो १ बजे सुरुङमा पुरिएर मृत्यु भएको मृतकका आफन्त निङमा शेर्पाले बताए । पिपुल्स हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको उक्त आयोजनाकै क्रसरमा कार्यरत शेर्पा दुई महिना अघि मात्र सुरुङ निर्माणतर्फ खटिएका थिए ।

क्रसरमा भन्दा सुरुङमा राम्रो आम्दानी हुने भनिएपछि शेर्पा सुरुङ निर्माणको काममा खटिएका थिए । मृतक शेर्पाका दुई बालबच्चा र श्रीमती छन् । परिवारको सुख र बालबच्चाको उज्वल भविष्यका लागि पैसा कमाउने चाहानासहित सुरुङ निर्माणमा खटिएका शेर्पाको २ महिनामै निधन हुन पुग्यो । पैसा कमाएर बालबच्चालाई गुणस्तरीय शिक्षा दिने, परिवारलाई खुसी राख्ने उनको सपना अधुरै रह्यो । अहिले उनको शव ‘पोष्टमार्टम’का लागि दोलखाको जिरी अस्पताल लगिएकाे आफन्तले बताए ।

‘मृत्यु भएको २४ घन्टा बितिसक्दा पनि क्षतिपूर्तिको विषयमा प्रवर्द्धकसँग वार्ता नमिल्दा केही प्रक्रिया अघि बढाइएको थिएन्,’ उनले ऊर्जा खबरसँग भने, ‘स्थानीय, प्रवर्द्धक, वडा कार्यालय, गाेकुलगंगा गाउँपालिका र जिरी नगरपालिकाका अध्यक्षसँग छलफल गरेर क्षतिपूर्ति स्वरुप २५ लाख रुपैयाँ नगद, दुई बालबच्चालाई पढाउनेका लागि ठेकेदारले १० लाख रुपैयाँ र श्रीमतीलाई स्थायी रोजगारी दिने सहमती भएपछि ‘पोष्टमार्टम’का लागि लगिएको छ ।

‘हामीले क्षतिपूर्ति वापत ५० लाख रुपैयाँ नगद माग गरेका थियौं, प्रवर्द्धकले जलविद्युत आयोजनाको नियमअनुसार २५ लाख रुपैयाँ भन्दा बढी क्षतिपूर्ति रकम दिन नमिल्ने बताएपछि सबैको छलफल र सहकार्यमा २५ लाख रुपैयाँमा टुंगियो’ उनले थपे ।

‘हाम्रो ठाउँमा जलविद्युत आयोजना निर्माण हुनु भनेको हाम्रै लागि राम्रो हो, यसले स्थानीयलाई रोजगारी दिएको छ, आर्थिक अवस्था कमजोर हुने घरपरिवारको जनजिवन सहज बनाएको छ,’ उनले भने, ‘तर, पूर्वाधार विकासको काम गर्दा यस्तो लापरबाही गर्नुहुन्न, यस्तो लापरबाहीले अझै कतिको ज्यान लिन्छ भन्न सकिने अवस्था छैन ।’

जलविद्युत आयोजना निर्माण गर्दा सबैभन्दा जटिल पक्ष भनेको सुरुङ कै हो । सुरुङ निर्माणमा जाने कामदारलाई अन्य संरचना निर्माणको तुलनामा केही बढी ज्याला दिने गरिन्छ । बढी ज्याला पाउने आशाले सुरुङमा काम गर्न जान कामदारहरू तयार हुने गरेको पालिकाका वडा नम्बर ३ का अध्यक्ष नरविक्रम कार्कीले बताए । जति नै जटिल भएपनि गुणस्तरीय काम भएको खण्डमा यस्तो घटना नघट्ने स्थानीयको भनाई छ । निर्माणको क्रममा भएको लापरबाहीले नै शेर्पाको ज्यान गएको स्थानीयको आरोप छ ।

यद्यपी, स्थानीयको आरोपसँग प्रवर्द्धकपक्षले पूर्णतया असहमति जनाएको छ । शेर्पाको मृत्यु प्रवद्र्धकको लापरबाहीले नभएको आयोजनाका इन्जिनियर प्रदीप नेपालले बताए ।

‘जलविद्युत आयोजना निर्माणको सबैभन्दा जटिल पक्ष भनेको नै सुरुङ हो,’ उनले ऊर्जा खबरसँग भने, ‘सुरुङमा काम गर्दा अन्य संरचनाको तुलनामा बढी नै सुरक्षाका मापदण्ड अपनाएर काम गरिरहेका हुन्छौं, सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्दागर्दै पनि कहिलेकाही यस्ता घटनाहरू हुन्छन्, यस्ता भवितव्यका घटनामा मानवीय दोष हुँदैन ।’

यो आयोजनामा यसअघि पनि ओभरसियर कुशल कार्कीको ज्यान गएको छ । गत असारमा काम गरिरहेको बेला कार्कीलाई बाढीले बगाएको थियो । उनको शव अहिलेसम्म फेला परेको छैन ।

आयोजनाको ६० प्रतिशत निर्माण पूरा भएको छ । ८ किलोमिटर लामो सुरुङमध्ये ६ किलोमिटर खन्ने काम सकिएको छ । आयोजना सम्पन्न गर्न ८ अर्ब ६४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । तर, कोरोना माहामारीका कारण निर्माणमा ढिलाई तथा सिमेन्टबाहेकका उपकरण तथा निर्माण सामग्रीको मूल्य बढेकाले लागत केही बढ्ने सम्भावना देखिएको कम्पनीले जनाएको छ । आयोजनामा सानिमा बैंकको अगुवाईमा अन्य ९ बैंकले ऋण लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३