काठमाडौँ । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र ‘आइएसओ ९००१ ः २०१५’ प्रमाण चिन्ह प्राप्त गरेको छ । कम्पनीले प्रदान गर्ने सेवाका विभिन्न विधामा अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको प्रमाणित भएपछि कम्पनीले उक्त गुणस्तर प्रमाण चिन्ह प्राप्त गरेको हो ।
कम्पनीले विश्वकै सर्टिफिकेशन संस्थाहरूको साझा संगठन इन्टरनेशनल एक्रिडिटेशन फोरमको सदस्य रहेको सुंक्त अधिराज्य (यू.के) मा रहेको स्टानचुली म्यानेजमेन्ट एन्ड सर्भिसेजकोे बोर्डबाट उक्त प्रमाण चिन्ह प्राप्त गरेको हो । कम्पनीले प्रवाह गरेको सेवाको स्तर विभिन्न चरणमा प।ीषण गरी गुणस्तरीय रहेको पुष्टि भएपछि उक्त प्रमाणचिन्ह प्राप्त गरेको हो ।
कम्पनीको कार्यालयमा आइतबार आयोजित एक समारोहमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का अध्यक्ष गणेश कार्कीले उक्त प्रमाण चिन्ह भिजन लुम्बिनीका प्रकन्ध सञ्चालक जगतबहादुर पोखरेललाई हस्तान्तरण गरे । कार्यक्रममा नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत समेतको सहभागिता रहेको थियो । उक्त प्रमाण चिन्ह प्राप्तिका लागि परामर्श तथा प्रक्रिया अघि ढाउने सेवा सिद्धार्थ सोलुसन प्रालिले भिजन लुम्बिनीलाई प्रदान गरेको थियो ।
कम्पनीले जलविद्युत् आयोजनाहरुको विकास, डिजाइन, इन्जिनियरिङ, निर्माण तथा जडान जस्ता सेवा प्रदान गर्दै आएको छ । कास्कीको पोखरामा २५ मेगावाटको सेती नदी जलविद्युत् केन्द्र गत कात्तिकदेखि सञ्चालनमा ल्याएको छ ।