काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले साउन ३१ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्ना सेयरधनी सदस्यका लागि छुट्याएको साढे १ करोड कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको हो ।
कम्पनीको हाल कायम चुक्ता पुँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार २ सय १२ रुपैयाँको एक सेयर बराबर १ः०.४० को अनुपातमा सय रुपैयाँ अंकितका दरले १ करोड ६५ लाख ३३ हजार १ सय ३७ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।
कम्पनीको दार्चुलामा निर्माण सम्पन्न गरेको ८.५ मेगावाको नौगड गाढ र ८ मेगावाटको माथिल्लो नौगड गाढ जलविद्युत आयोजनाले निन्तर विद्युत उत्पादन गरिरहेका छन् । साथै, सोही जिल्लामा ४० मेगावाटको माथिल्लो चमेलिया निर्माणाधीन छ ।