विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । ४.४ मेगावाटको राधी स्मल जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको राधी विद्युत कम्पनी लिमिटेडले आगामी असोज ५ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले संस्थापक तथा आफ्ना सेयरधनी सदस्यलाई हकप्रद सेयर निष्कासन गर्न लागेको हो । 

सय रुपैयाँ अंकित ९५ लाख ३५ हजार ७ सय ६० कित्ता सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार हाल कायम पुँजीको १ बराबर १.४७ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागिएको हो ।

आवेदकले असोज २५ गतेसम्म आवेदन दिन पाउनेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।

कम्पनीको लमजुङमा ४.४ मेगावाटको राधी स्मल जलविद्युत आयोजना सञ्चालनमा छ । यो आयोजनाले २०७१ जेठ ३१ गतेदेखि निरन्तर विद्युत उत्पादन गरिरहेको छ ।

कम्पनीको विगत वर्षहरुदेखि नै सेयरधनीहरुलाई बोनस, सेयर, नगत लाभांश लगायत प्रतिफल दिँदै आएको छ । अहिले दोस्रो बजामा कम्पनीको सेयर किनबेचलाई आकर्षकणको रुपमा हेर्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३