विद्युत अपडेट

  • प्राधिकरण : ९०४९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०६३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२०६८ मे.वा.घन्टा
  • आयात : २१० मे.वा.घन्टा
  • निर्यात : १८१६४ मे.वा.घन्टा
  • ट्रिपिङ : २५ मे.वा.घन्टा
  • ऊर्जा माग : ६४४१५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८१४ मे.वा.
२०८१ असोज १, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । यसपालीको सुख्खायाममा नदीको बहाब (डिस्चार्ज) निकै घटे पनि विद्युत् व्यवस्थापन गर्न सकिएको नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक मदन तिम्सिनाले जानकारी दिएका छन् । उनका अनुसार हाल विद्युत्को उच्च माग २०५० मेगावाट पुगे पनि करिब १६०० मेगावाट आन्तरिक उत्पादनले धानेको छ । अपुग बिजुली भारतबाट आयत गरेर यसपाली सुख्खायामको माग व्यवस्थापन गर्न सकिएको उनको भनाइ छ । 

केही दिनयता आंशिक जलाशय आयोजना कालीगण्डकी ए, मर्स्याङ्दी, माथिल्लो त्रिशूली ३ए, मोदी लगायतका आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन थालिसकेको छ । कुलेखानी जलाशय आयोजनालाई सुखायामामा अधिकतम उपयोग गरिएकोले पनि माग व्यवस्थापनमा सहज भएको उनको भनाइ छ । हाल कुलेखानीको जल सतह नै १४९२ मिटरमा खुम्चिसकेको समेत उनले जानकारी दिए । 

प्राधिकरणको भार प्रेषण केन्द्र र विद्युत् व्यापार विभागको तथ्याङ्क अनुसार २०८१ वैशाख मसान्तसम्म निजी क्षेत्रका जलविद्युत् आयोजनाको जडित क्षमता १८९० मेवा पुगेको छ । प्राधिकरणको जलविद्युत् आयोजनाको जडित क्षमता ५८३ मेवा, सहायक कम्पनीहरुको क्षमता ४९३ मेवा पुगेको छ । 

निजीसहितको कुल सौर्य ऊर्जा उत्पादन क्षमता ११६ मेवा, प्राधिकरणको डिजेल प्लान्टको क्षमता ५३ मेवा र बगास ६ मेवा गरी ग्रिडमा कुल विद्युत् जडित क्षमता ३१४१ मेवा पुगेको छ। 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३