विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । २२.२ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको शिवश्री हाइड्रो पावर कम्पनी लिमिटेड ३६ करोड रुपैयाँ घाटामा छ । कम्पनीले सार्वजानिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण अनुसार कम्पनी घाटामा गएको देखिएको हो । 

चौथो त्रैमाससम्मको अवधिमा कम्पनी ३६ करोड ३६ लाख ७९ हजार ७ सय ५३ रुपैयाँले घाटामा रहेको वित्तीय विवरणमा उल्लेख छ । गत वर्ष यही अवधिमा कम्पनीले १ करोड ८४ लाख ८ सय ९१ रुपैयाँ खुद नाफा कमाएको थियो । 

कम्पनीले यस अवधिमा २२.२ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत केन्द्रको विद्युत विक्री गरी २४ करोड ८६ लाख ९२ हजार ८ सय ३७ रुपैयाँ आम्दानी गरेको छ भने गत वर्ष ४ करोड ८ लाख २७ हजार ९ सय १६ रुपैयाँ आम्दानी गरेको थियो । यस्तै, कम्पनीले अन्य स्रोतबाट १० करोड रुपैयाँ आम्दानी गरेको छ ।

माथिल्लो चाकु ‘ए’ जलविद्युत आयोजनाले २०७८ जेठ १ गतेदेखि निरन्तर विद्युत उत्पादन गरिरहेको छ । २०६९ बाट निर्माण सुरु भएको आयोजना २०७१ को जुरे पहिरो, २०७२ को भूकम्प, भारतीय नाकाबन्दी र वर्खामा आउने बाढीका कारण पटक–पटक प्रभावित भइको थियो ।

आयोजनामा सिटिजन्स इन्टरनेशनल बैंकको अगुवाईमा ११ बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गरेका छन् । सुरुमा ४ अर्ब ४ करोड रुपैयाँमा आयोजना सम्पन्न हुने अनुमान गरिए पनि पटक–पटक प्राकृतिक प्रकपका मारमा परेका कारण लागत केही बढेको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit