विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा आधिकारिक ट्रेड युनियनको मान्यता पाएको ‘राष्ट्रिय कर्मचारी युनियन’ विभाजन भएको छ । हिजो सत्तामा रहँदा एउटै रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटेर तीन टुक्रा भएपछि संगठनमा आवद्ध कर्मचारीहरू बाँडिएका हुन् ।

हिजो कम्युनिष्ट पार्टी एकीकरण हुँदा एकीकरण भएका कर्मचारी युनियन र राष्ट्रिय कर्मचारी संगठन अहिले पुनः विभाजन भएका छन् । अहिलेसम्म नेकपा एमाले, नेकपा समाजवादी र माओवादी केन्द्र निकट कर्मचारीहरू एउटै संगठनमा थिए ।

पार्टी फरक भइसकेको सन्दर्भमा कर्मचारी संगठन पनि फरक–फरक हुनुपर्ने भन्दै विभाजन भएको देखिएको छ । असन्तुष्ट दुवै पक्षले छुट्टाछुट्टै एक अर्कालाई आरोपप्रत्यारोप लगाउँदै विज्ञप्ति समेत जारी गरेका छन् । हाल आधिकारिक राष्ट्रिय कर्मचारी युनियनको संयोजक रहेका रामेश्वरप्रसाद पौडेल र सहसंयोजक खगेन्द्र शाहीले संस्थाभित्र एउटै संगठन भए पनि फरक नहुने र मिलेर जानुपर्ने कुरा राखेको तर अर्को पक्षले स्वीकार नगरेको बताइएको छ ।

केन्द्रीय कमिटिमा रहेका ७ जना मध्ये ५ जना अहिलेकै संगठनमा रहेको र दुई जनाले १५१ सदस्यसहित नयाँ कर्मचारी युनियन स्थापना गरेको घोषणा गरेका छन् । केन्द्रीय कमिटिमा रहेका पौडेल र शाही सहित भूमिनन्द अर्याल, माधव अधिकारी र हरिनारायण यादव पुरानै संगठनमा र रामकुमार थेवे तथा झुलिराम थापा नयाँ संगठनमा गएका छन् । पाैडेल समूहले आज (बैशाख १७ गते) र थेवे समूहले हिजाे (बैशाख १६ गते) विज्ञप्ति जारी गरेर अलग भएकाे घाेषणा गरेका छन् ।

आ–आफ्नो बचाउ गर्दै एक अर्कामा आरोप प्रत्यारोप लगाएर अगाडि जानुभन्दा संस्थागत भएर काम गर्दा राम्रो हुने शाहीले ऊर्जा खबरलाई बताए । ‘साथीहरूले पार्टी फरक भएपछि फरक भएर जाउँ भन्नुभयो, हामीले एउटै भएर जाँदा फरक नपर्ने बतायौं । उहाँहरू मान्नुभएन,’ उनले भने, ‘संगठन जे जस्तो भए पनि हाम्रो भावनात्मक सम्बन्ध रहिरहन्छ ।’

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit