विद्युत अपडेट

  • प्राधिकरण : ८७५८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ११४२७ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७९९९ मे.वा.घन्टा
  • आयात : ४१०१ मे.वा.घन्टा
  • निर्यात : ६३१७ मे.वा.घन्टा
  • ट्रिपिङ : ६५ मे.वा.घन्टा
  • ऊर्जा माग : ५२३५१ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३८० मे.वा.
२०८३ जेठ ६, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कोहलपुर वितरण केन्द्रले बाँकेको नौवस्ता कारागारको बिजुली काटेको छ । पटक पटक ताकेता गर्दा पनि कारागारले बक्यौता महसुल नतिरेपछि बिहान ११ बजे बिजुली काटेको केन्द्रका प्रमुख माधव महतले बताए । 

‘२०८० को साउनदेखिकै महसुल बक्यौता कारागारले नतिरेपछि हामीले लाइन काट्न बाध्य भएका हौँ,’ केन्द्र प्रमुख महतले ऊर्जा खबरसँग भने, ‘कारागारले जरिवानासहित १० लाख ४९ हजार ५७ रुपैयाँ २८ पैसा बक्यौता तिर्न बाँकी छ ।’

केन्द्रले कारागराको बिजुली काटेपछि जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) ले भने यथाशीघ्र बिजुली जोडिदिन आग्रह गर्दै प्राधिकरणलाई पत्र लेखेको उनले बताए । 

‘सिडिओ साबले हामीलाई बिजुली जोडिदिन पत्र लेखेर आग्रह गर्नुभएको छ,’ उनले भने, ‘देशैभरका कारागारमा महसुल बक्यौता रहेकोले गृह मन्त्रालयसँग कुरा गरेर प्राधिकरणलाई कुल महसुल रकम एकमुष्ठ बुझाउन पहल गर्ने भन्दै उहाँले हामीलाई बिजुली जोडिदिन आग्रह गर्नुभएको छ ।’

आजै साँझसम्म नौबस्ता कारागारमा काटिएको लाइन जोडी बिजुली सेवा सुचारु गर्ने तयारी भइरहेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३