विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ६१.०२ मेगावाटको हुम्ला कर्णाली जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन अध्ययन प्रतिवेदन तयारीको क्रममा आयोजना प्रभावित स्थानीयसँग राय/सुझाव माग गरिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले कर्णाली प्रदेश, हुम्ला जिल्लाको नाम्खा गाउँपालिका भएर वग्ने हुम्ला कर्णाली नदीको पानी प्रयोग गरी विद्युत उत्पादन हुने गरी प्रस्ताव गरेको आयोजनाका लागि राय/सुझाव माग गरिएको हो ।

मन्त्रालयले आयोजना निर्माण गर्दा पर्न सक्ने वातावरणीय प्रभावका सम्बन्धमा सम्बन्धित सरोकारवालासँग राय/सुझाव मागेको हो । सम्बन्धित सरोकारवालालाई आयोजना निर्माण गर्दा स्थानीय क्षेत्रको वातावरणमा पर्न सक्ने प्रतिकुल प्रभावका सम्बन्धमा लिखित राय/सुझाव माग गरिएको छ ।

प्रतिवेदन तयारी गर्ने क्रममा सो क्षेत्रको प्राकृतिक, भौतिक, जैविक, सामाजिक, साँस्कृतिक र आर्थिक प्रणालीमा के कस्तो प्रभाव पर्दछ भनी यकिन गर्न सो क्षेत्रको नगरपालिका, गाउँपालिका, विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला त्यक्ति वा संस्थासँग लिखित राय÷सुझाव माग गरिएको छ ।

प्रभावितले आगामी एकसाताभित्र कम्पनीको कार्यलय वा परामर्शदाता हाइड्राृ कन्सल्ट इनिजनियरीङ लिमिटेड, सिमेट कन्सलटेन्ट प्रालि र प्रोफेसनल नेटवर्क प्रालिको कार्यालयमा प्राप्त हुने राय सुझाव पठाउनुपर्नेछ ।

प्रस्तावित आयोजनाको लागि हुम्ला कर्णाली नदीको वारपार १० मिटर उचाईको बाँध निर्माण गरी नदीको पानीलाई करिब ६९४१.६५ मिटरको लामो सुरुङ र ४९१.३६ मिटर लामो पेनस्टक पाइपको माध्यम बाट नाम्खा गाउँपालिका वडा नम्बर ४ को ७ सय मिटर माथि हुम्ला कर्णाली नदीको भु–सतहमा अवस्थित विद्युत गृहमा खसालिनेछ । विद्युत उत्पादन गरी २४.८४ मिटर लामो  टेलरेसको माध्यमबाट हुम्ला कर्णाली नदीमा पुन पानी खसालिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit