विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस १७, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

तनहुँ । तनहुँको घिरिङ गाउँपालिकामा सिँचाइ सुविधाका लागि खनिएका डिप ४ वटा बोरिङ अलपत्र परको छ । घिरिङ गाउँपालिका–४ को करूवाटारलगायतका कृषियोग्य भूमि सिँचाइका लागि खनिएको डिप बोरिङ अलपत्र अवस्थामा पुगेको हो ।

कृषि क्षेत्रमा गरेको सरकारी लगानी खेर जाने अवस्थामा पुगेको वडा नम्बर ४ का वडासदस्य मनबहादुर रानाभाटले बताए । 

सरकारका विभिन्न निकायको सहयोगमा करूवाटारको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउन डिप बोरिङ खनिए पनि बोरिङ सञ्चालनको लागि विद्युत् सेवा पुर्‍याउन नसक्दा डिप बोरिङ अलपत्र बनेको छ ।

घिरिङको करूवाटारका खेतीयोग्य जमिनमा सिँचाइ गर्न ४ वर्षअघि संघ, प्रदेश र स्थानीय तहको आर्थिक सहयोगमा ४ वटा डिप बोरिङ खनिएको थियो तर बोरिङबाट पानी तान्न मोटर सञ्चालनका लागि विद्युत् नहुँदा किसानले सिँचाइ गर्नबाट वञ्चित हुनुपरेको वडासदस्य रानाभाटले जानकारी दिए ।

विद्युत् सेवा नहुँदा बोरिङ प्रयोगमा आउन सकेको छैन’, उनले भने, ‘लामो समयदेखि बोरिङ सञ्चालन नहुँदा बोरिङमा प्रयोग गरिएको फलाम खिया लागेर नष्ट हुने अवस्थामा पुगेको  छ ।’

गाउँपालिकाले खनेको एउटा बोरिङमा सोलार प्लान्ट जडान गरेर केही समय पानी निकालिए पनि अहिले सोलार पनि चल्न छाडेको छ । बोरिङ खनिएको स्थानसम्म विद्युत् सेवा पुर्‍याउन ८५ वटा पोल गाडेर ११ हजार भोल्टेजको लाइनको तारसमेत टाँगिसकिएको छ । विद्युत्को लाइन जडानका लागि कतैबाट पनि पहल नहुँदा किसान सिँचाइबाट वञ्चित भएका छन् ।

उक्त क्षेत्रमा विद्युत् सेवा विस्तारका लागि संघ सरकारसँग पहलकदमी भइरहेको घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले बताए । केही अघि काठमाडौं जाँदा ऊर्जामन्त्रीसमक्ष यस विषयमा कुरा राख्दा सकारात्मक आश्वासन पाएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३