काठमाडौं । रिज लाईन इनर्जी कम्पनीले २० लाख ८२ हजार ८ सय ७० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले गोरखाको अजिरकोटमा निर्माणाधीन ९.०५ मेगावाटको सुपर चेपे खोला जलविद्युत आयोजनाको स्थानीय र सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न लागेको हो ।
सय रुपैयाँमा अंकित २० करोड ८२ लाख ८७ हजार रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सेयर निष्कासन गरी बाँडफाँड गर्न प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।
कम्पनीले बिक्री प्रबन्धकसँग मंगलबार (हिजो) सम्झौता गरेको थियो । सम्झौतापत्रमा कम्पनीका तर्फबाट वसन्त गिरी तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरे । कम्पनीले अधिकृत तथा जारी पूँजी ६९ करोड ४२ लाख ९० हजारको ३० प्रतिशत सेयर निष्कासन गर्न लागेको हो ।