विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रसुवागढी हाइड्रो पावर कम्पनी लिमिटेडको सेयर निष्कासन प्रक्रिया रोक्न आयोजना प्रभावितले नै माग गरेका छन् । सोमबार (असार १३ गते) देखि आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीका लागि निष्कासन गरेको सेयर बन्द गर्न माग गरेका हुन् ।

२०७२ सालको भूकम्प र कोरोना महामारीका कारण स्थानीयवासीसँग सेयर भर्ने रकम नहुँदा समस्या आएकाले गोसाइँकुण्ड गाउँपालिका–१ को वडा कार्यालयले सेयर प्रक्रिया रोख्न माग गरेको हो ।

भूकम्प र कोरोना महामारीका कारण प्रभावित ‘क’ वर्गमा परेको वडा नम्बर १ थुमन र २ टिमुरेका स्थानीयबासी सेयर भर्न असक्षम रहेका वडा नम्बर १ का अध्यक्ष उर्केन छिरिङ तामाङले जनाकारी दिएका छन् । उनका अनुसार जारी मिति सारेर सेयर भर्नका लागि कम्पनी वा बिक्री प्रबन्धक क्यापिटलबाट ऋणको व्यवस्था मिलाउनु पर्नेछ ।

रसुवाबासीका लागि रसुवागढीले १ सय रुपैयाँ अकिंत ६८ लाख ४२ हजार १ सय कित्ता शेयर निष्कासन गरेको छ । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ ।

कम्पनीले गोसाईंकुण्ड गाउँपालिका १ थुमन र वडा नम्बर २ टिमुरेलाई अति प्रभावित, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङ्मो गाउँपालिका ४ गोल्जुङ, वडा नम्बर ५ चिलिमे र गोसाईंकुण्ड गाउँपालिका–४ लाङटाङ, ५ स्याफ्रु र ६ धुन्चेलाई प्रभावित तथा बाँकीलाई सामान्य प्रभावित गरी तीन भागमा वर्गीकरण गरिएको छ ।

कम्पनीले स्थानिय बासिन्दाहरुका लागि छुट्याइएको १० प्रतिशत अर्थात ६८ लाख ४२ हजार १०० कित्ता साधारण शेयर निष्काशन गरेको हो । जसमध्ये सेयरमा अति प्रभावित क्षेत्र गोसाइकुण्ड, वडा नं.१ थुमन र वडा नं. २ टिमेरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङ र वडा नं. ५ चिलिमेका साथै गोसाइ कुण्ड गाउँपालिकाका बाँकी वडाहरु, वडा नं. ४ लाङटाङ, वडा नं. ५ स्याफ्रुबेशी र वडा नं. ६ धुन्चे तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका बासिन्दाहरुका लागि निष्कासन गरीएको छ ।

निष्कासन गरिएको कुल १० प्रतिशत शेयरमा अति प्रभावित क्षेत्र, प्रभावित क्षेत्र र सामान्य प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि क्रमशः ४.५ः१.५ः१ अनुपातमा बाँडफाँट गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit