विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लामो समयदेखि लुम्बिनीमा थन्किएको लुम्बिनी विकास कोषको बिजुली बस आज (बिहीबार) देखि सञ्चालनमा आएका छन् । दशैको अवसर पारेर कोषले आजदेखि ५ वटा विद्युतीय गाडी सञ्चालनमा ल्याएको हो ।

बस लुम्बिनी एयरपोर्ट बेलहिया, रामग्राम, बुटवल गोलपार्क, तिलौराकोट साइट परिक्रमा, लुम्बिनी वरिपरि सटल बस, बेलहिया मणिग्राम हुँदै देवदह रूटमा चल्नेछन् । होटल एशोसिएशन, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र कोषले एक–एक बस सञ्चालन गर्ने जिम्मेवारी लिएका छन् ।

२ साता परीक्षणकाल सकेर औपचारिक सञ्चालन सुरु गर्ने कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बताए । कोषको सचिवालय बैठकले बोर्ड सदस्य विश्वराज पौडेलको संयोजकत्वमा तीन सदस्यीय परीक्षण एकाइ पनि गठन गरेको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा लुम्बिनीलाई विशेष प्राथमिकता दिएर एसियाली विकास बैंकको सहयोगमा लुम्बिनीमा बिजुली बस ल्याइएको थियो । सञ्चालनको मोडालिटी तय गर्न नसक्दा यी बिजुली गाडी विगत तीन वर्षदेखि थन्किएका थिए ।

तत्कालका लागि थन्किएका बस निशुल्क रूपमा सञ्चालनमा आएसँगै चाडपर्वका बेला आन्तरिक तथा बाह्य पर्यटकलाई टेवा पुग्ने विश्वास लिइएको छ । १२ करोड रुपैयाँमा ५ वटा बस र १४ वटा भ्यान (ट्याक्सी) एडिबीले तीन वर्षअघि दिएको थियो ।

अहिले सबै गाडी कोष परिसरको विद्युतीय बसपार्कमा थन्किएका छन् । गाडी चार्ज गर्न लुम्बिनीमै दुई वर्षअघि सोलार प्लान्टसमेत जडान भएको छ । बस सञ्चालन नहुँदा त्यो परियोजनासमेत खेर गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit