विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । श्री आइवी इनर्जी प्रालिले सोलुखुम्बुको सोताङ र महाकुलुङ गाउँपालिका हुँदै बग्ने होंगु खोलामा ३० मेगावाटको होंगु खोला-१ जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । आयोजना निर्माण गर्ने उद्देश्यले अध्ययन अनुमतिपत्रका लागि विद्युत् विकास विभागमा आवेदन दिएको छ ।

कम्पनीका अनुसार आयोजना अघि बढाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट उक्त आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) स्वीकृत भइसकेको छ । आयोजना निर्माणका क्रममा कुनै असर पर्ने देखिए सूचना प्रकाशित भएको ३५ दिनभित्र विभाग तथा सम्बन्धित कार्यालयमा राय–सुझाव पेश गर्न सूचित गरिएको छ ।

वार्षिक १७३.४०  गिगावाट घन्टा (१७ कराे८ ३४ लाख युनिट) ऊर्जा उत्पादन हुने आयोजनाको विद्युत्‌गृह सोताङ गाउँपालिका–३ पोक्चुङ सोलुखुम्बुमा रहने जनाएको छ । आयोजनाबाट उत्पादित विद्युत् ६० किलोमिटर लामो १३२ केभी प्रसारण लाइनमार्फत न्यू खिम्ती सब–स्टेसनमा जोडिने छ । आयोजनाको बाँध क्षेत्रभन्दा तल्लो तटीय क्षेत्रमा पाइने जीवजन्तु, जलचर तथा बोटबिरूवाका लागि आइइई प्रतिवेदन अनुसार होंगु खोलामा निरन्तर पानी छाड्ने प्रस्ताव कम्पनीले गरेको छ । आयोजनाबाट २०८५ सालभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३