विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । मिड सोलु हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र ०.७८ प्रतिशत नगद लाभा‌ंश दिने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकको निर्णयअनुसार गत आर्थिक वर्ष (आव २०८१/८२) सम्मको खुद मुनाफाबाट  उक्त बोनस र नगद लाभांश वितरण गर्ने भएको हो । 

उक्त प्रस्तावित लाभा‌ंश नियमकारी निकाय विद्युत् नियमन आयोगको स्वीकृति तथा आव २०८१/८२ को लागि बस्ने कम्पनीको आगामी चौथो वार्षिक साधारण सभाबाट अनुमोदन भए पश्चात सेयरधनीलाई वितरण गरिने जानकारी दिएको छ । 

कम्पनीको हालको चुक्ता पुँजी ७४.८४ करोड रुपैयाँ रहेको छ । गत आवको नाफाबाट १५ प्रतिशतले हुन आउने बोनस रकम ११ करोड २२ लाख ६० हजार रुपैयाँ बराबरकाे बाेनस सेयर वितरण गर्ने भएकाे हो । त्यस्तै ०.७८९ प्रतिशतले हुन आउने ५९ लाख ८ हजार ४२१ रुपैयाँ नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने भएको हो ।

कम्पनीले सोलुखुम्बुमा ९.५ मेगावाटको मध्य सोलु खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३