विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडका सेयरधनीहरूले न्यूनतम २५ प्रतिशतसम्म नगद लाभांस तथा बोनस दिनुपर्ने माग राखेका छन् । कम्पनीको शुक्रबार (भदौ ३ गते) सम्पन्न १४औं साधारणसभाका क्रममा यस्तो माग राखिएको हो ।

साधारण सेयर निष्कासन गरेको ४ वर्ष भइसक्दा पनि कुनै प्रकारको मुनाफा नदिएको भन्दै आक्रोसित सेयरधनीहरूले आर्थिक वर्ष २०७९/८० मा न्यूनतम २५ प्रतिशत लाभांस दिनुपर्ने माग राखेका थिए । कम्पनीले नियमितरूपमा वार्षिक साधारणसभा नगरेकोमा समेत सेयरधनीहरूले आपत्ति जनाएका थिए ।

साधारणसभाका क्रममा कम्पनीका अध्यक्षसमेत रहेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आवदेखि बोनस तथा लाभांस दिन सकिने भन्दै सेयरधनीहरूलाई आश्वस्त तुल्याए । ‘२०७८ भदौदेखि कम्पनीको ४५६ मेगावाटको माथिल्लो तामाकोसीले व्यापारीक उत्पादन सुरु गरेकोले अब विस्तारै सेयरधनीहरूलाई मुनाफा दिन्छौ’, उनले भने, ‘सेयरधनीहरूलाई बढीभन्दा बढी मुनाफा दिनै हकप्रद सेयर निष्कासन गर्दैछौै ।’

साधारणसभाले सञ्चालक समितिको बैंठकभत्ता, १ः१ अनुपातको हकप्रद सेयर निष्कासन प्रस्ताव समेत पारित गरेको छ । हकप्रद सेयर निष्कासनपश्चात संकलन भएको कम्पनीको पूँजी र माथिल्लो तामाकोसी जलविद्युत केन्द्रबाट भएको आम्दानी अन्य  आयोजनामा लगानी गरेर निर्माण सम्पन्न गरि सेयरधनीहरूलाई मुनाफा दिनेतर्फ कम्पनी अग्रसर रहेको घिसिङले जानकारी दिए । 

यस्तै, लेखापरीक्षकले सयममा प्रतिवेदन नबुझाउँदालगायत अन्य कारणले समयमा साधारणसभा गर्न नसिकएको भन्दै घिसिङले अबको साधारणसभा समयमा गरिने प्रतिवद्धता जनाए । कम्पनीको दोलखाको बिगु गाउँपालिकामा रहेको आयोजनाले २०७८ भदौ २५ गतदेखि व्यापारीक उत्पादन सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३