काठमाडौं । दिव्यश्वरी हाइड्रो पावर कम्पनी लिमिटेडले कम्पनीले हाल कायम चुक्ता पुँजीको १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्नो सेयरधनी सदस्यका लागि सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ । मेगा क्यापिटल र कम्पनीबिच मिति आइतबार (असार १० गते) सम्झौता भएको छ ।
सम्झौतापत्रमा मेगा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठ र मार्केटिङ्ग डिपार्टमेन्ट प्रमुख गिरिराज पोखरेले हस्ताक्षर गरे भने कम्पनीको अध्यक्ष दधिराम निरौला र बुद्धकृष्ण मानन्धरले हस्ताक्षर गरे ।