विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सयपत्री हाइड्रो पावर लिमिटेडको सेयर आवेदन खुल्ला भएको  छ । कम्पनीले बाग्लुङ जिल्लाको दरम खोलामा निर्माण सम्पन्न २.५ मेगावाटको दरम खोला–ए जलविद्युत आयोजनाकाे सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर आवेदन खुल्ला गरेको हो ।

आयोजना प्राभावित स्थानीयमा बिक्री नभएको १ लाख २१ ह्जार ६० कित्तासमेत थप गरी कुल ७ लाख २१ हजार ६० लाख कित्ता सेयर निष्कासन गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार निष्कासन भएको सेयरमध्ये ५ प्रतिशत हुन आउने अर्थात ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ३ प्रतिशत हुन आउने अर्थात १४ हजार ४ सय २१ कित्ता सेयर कम्पनीको कर्मचारीका लागि छुट्याइएको छ ।

बाँकी, ६ लाख ७० हजार ५ सय ८६ कित्ता सर्वसाधारणका लागि आवेदन खुल्ला गरिएको छ । सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्ता सम्म आवेदन दिन सक्नेछ । आवेदकले छिटोमा आमागी १७ गतेसम्म र ढिलोमा २७ गतेसम्म आवेदन दिन पाउने कम्पनीले जनाएको छ ।

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न एनआईबिएल क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीको बाग्लुङ जिल्लाको दरम खोलामा रहेको २.५ मेगावाटको दरम खोला–ए जलविद्युत केन्द्रले २०७३ असार १२ गतेबाट निरन्तर विद्युत उत्पादन गरिरहेको छ । आयोजनाका कुल लागत ५३ करोड ४५ लाख रहेको छ भने प्रतिमेगावाट लागत खर्च २१ करोड ३८ लाख खर्च भएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit