विद्युत अपडेट

  • प्राधिकरण : ८२९२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५५९२ मे.वा.घन्टा
  • निजी क्षेत्र : १७७४७ मे.वा.घन्टा
  • आयात : १०७८० मे.वा.घन्टा
  • निर्यात : 0 मे.वा.घन्टा
  • ट्रिपिङ : ३३१० मे.वा.घन्टा
  • ऊर्जा माग : ४५७२१ मे.वा.घन्टा
  • प्राधिकरण : 0 मे.वा.
  • सहायक कम्पनी : 0 मे.वा.
  • निजी क्षेत्र : 0 मे.वा.
  • आयात : 0 मे.वा.
  • निर्यात : 0 मे.वा.
  • ट्रिपिङ : 0 मे.वा.
  • उच्च माग : २१४७ मे.वा.
२०८२ जेठ २, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । मध्यभोटेकोसी जलविद्युत कम्पनीले साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले सिन्धुपाल्चोकमा निर्माणाधीन १ सय २ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाको स्थानीय र सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गर्न अनुमति पाएको हो ।

प्रतिकित्ता १ सय रुपैयाँ अंकित १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता सेयर निष्कासन अनुमति पाएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार दोस्रो चरणमा स्वपुँजी लगानीको २५ प्रतिशत हुन आउने सेयर निष्कासन गर्न बोर्डले बैशाख ५ गते अनुमति दिएको हो ।

कम्पनीले निष्कासन गर्ने साधारण सेयरमध्ये ६० लाख कित्ता सेयर आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको छ । बाँकी १५ प्रतिशत हुन आउने ९० लाख कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

कम्पनीले यसअघि पहिलो चरणमा कर्मचारी संचयकोषमा रकम संचित गर्ने संचयकर्ताका लागि १९.५ प्रतिशत अर्थात १ करोड १७ लाख कित्ता, संस्थापक कम्पनीका कर्मचारीका लागि ३.५ प्रतिशत अर्थात २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि १ प्रतिशत अर्थात ६ लाख कित्ता गरी कुल १ करोड ४४ लाख कित्ता सेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ ।

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न ग्लोबल आइएमई क्यापिटलाई बिक्री प्रबन्धक तोकिएको छ । चिलिमेको सहायक मध्येभोटेकोसीले सिन्धुपाल्चोकमा १ सय २ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३