विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । न्यादी हाइड्रो पावर कम्पनीको सेयर बाँडफाँड भएको छ । कम्पनीको लमजुङमा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाको सर्वसाधारणका लागि गत असोज १५ गतेदेखि १९ गतेसम्म निष्कासन गरेको सेयर बाँडफाँड भएको हो ।

कम्पनीको सेयरधनी बन्न आवेदन दिएका मध्ये २ लाख ९ हजार २५० मात्र गोलाप्रथाबाट १० कित्ता सेयर पाएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीको सेयरधनी बन्न २३ लाख ५७ हजार १६६ जनाले २ करोड ९४ लाख ७७ हजार ६५० कित्ता लागि आवेदन दिएका थिए । यो माग गरिएको भन्दा करिब १४ गुणा बढी हो ।

कम्पनीले गत असोज १५ गतेदेखि सर्वसाधारणका लागि २२ करोड ५० लाख रुपैयाँ मूल्यको सेयरको बिक्री खुल्ला गरेको थियो । साधारण सेयरको ५ प्रतिशत हुन आउने १ लाख १२ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि तथा २ प्रतिशत हुन आउने ४५ हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीका लागि छुट्याइएको थियो । बाँकी  २० लाख ९२ हजार  ५ सय कित्ताका लागि  सर्वसाधारणका लागि थियो ।

पहिलो चरणमा स्थानीयबासीका लागि १८ करोड रुपैयाँ मूल्यको १८ लाख कित्ता सेयर निष्कासन गरी बाँडफाँड गरिएको छ । सेयर भर्ने सबै स्थानीयबासीले कम्पनीको सेयर पाएका छन् ।

यो बुटवल पावर कम्पनी (बिपिसी) को सहायक कम्पनी हो । कम्पनीले लगानी गरेको न्यादी जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा छ । सिभिल संरचना निर्माण कार्य पूरा भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit