काठमाडौं । अरुण काबेली पावर लिमिटेडको करिब २ करोड कित्ता हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अनुमति दिएको छ । बोर्डले कम्पनीका सेयरधनी दस्याका लागि छुट्याएको सेयर निष्कासन गर्न १३ गते (बुधवार) अनुमति दिएको हो ।
बोर्डले १ करोड ८५ लाख ५२ हजमर १ सय ५ कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको कम्पनीले जनाएको छ । कम्पनीले १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको हो । अब छिटै सेयर निष्कासन गरी बाँडफाँड गरिनेछ ।
कम्पनीको सेयर निष्कास गरी बाँडफाँड गर्न नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीको पाँचथर र ताप्लेजुङ जिल्लाको सिुमानामा २५ मेगावाटको काबेली बी–१ जलविद्युत आयोजना सञ्चालनमा छ ।