विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । इलाममा ६.२ मेगावाटको तल्लो जोगमाई जलविद्युत आयोजना निर्माण गरी सञ्चालनामा ल्याएको एसियन हाइड्रो पावर लिमिटेडको सेयर आवेदन खुल्ला भएको छ । कम्पनीले आयोजना प्रभावित र श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि सेयर आवेदन खुल्ला गरेको हो । 

जारी पुँजी ३४ करोडको १० प्रतिशत हुन आउने अर्थात ३ करोड ४० लाख  रकम बराबरको सय रुपैयाँ अंकित ३ लाख ४० हजार कित्ता साधारण सेयर  निष्कासन गरेको कम्पनीले जनाएको छ ।  

कम्पनीका अनुसार ४० प्रतिशतले हुन आउने अर्थात १ लाख ३६ हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्र इलाम गाउँपालिका वडा नम्बर १० (साविकको गोदाक गाविसको १ देखि ९ सम्मका सम्पूर्ण वडाहरु), माई जोगमाई गाउँपालिका वडा नम्बर ३ र ४ (साविकको नाम्सालिङ्ग गाविसको १ देखि ९ सम्मको सम्पूर्ण वडाहरु तथा नयाँबजार गाविसको वडा नम्बर ५), सुर्योदय नगरपालिका वडा नम्बर ११ (साविकको माघेसुन्तले र तिनघरे गाविसका सम्पुर्ण वडाहरु तथा सुर्योदय गाविसको वडा नम्बर ३, ४ र ५ का स्थानीयका लागि निष्कासन गरिएको हो  । 

साथै, ६० प्रतिशतले हुन आउने अर्थात २ लाख ४ हजार कित्ता सेयर आयोजनको अति प्रभावित क्षेत्र बाहेकको इलाम जिल्लाका अन्य क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरिएको छ । 

सार्वसधरणको लागि छुट्याएको कम्पनीको जारी पुँजीको २४.७१ प्रतिशत हुन आउने अर्थात ८ करोड ४० लाख रुपैयाँ बराबरको सय रुपैयाँ अंकित ८ लाख ४० हजा कित्ता साधारण सेयर मध्ये १० प्रतिशतले हुन आउने अर्थात ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेको नेपाली नागरिकको लागि पनि सेयर निष्कासन गरेको कम्पनीले जनाइएको छ । 

स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले न्यूनत्तम १० कित्ता देखि अधित्तम २० हजार कित्तासम्म आवेदन दिन पाउँनेछन् । आवेदन दिदा स्थानीयले छिटोमा पुस १२ गतेसम्म  र ढिलोमा पुस २७ गतेसम्म आवेदन दिन सकिन्छ भने वैदेशिक रोजगारमिा रहेको नेपालीले पुस १२ गेसम्म मात्र आवेदन दिन पाउनेछ । 

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न एनएमबि क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit