काठमाडौं । आगामी २ वर्षभित्र सबै नागरिकमा विद्युत सेवा पुर्याइने छ । अर्थमन्त्री जनार्दन शर्माले संसदको दुवै सदनमा आगामी आवको बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
निर्माणाधीन सबस्टेसन र वितरण तथा प्रसारण लाइन सम्पन्न गरी सबै नागरिकमा विद्युत सेवा पुर्याइनेछ । गत फागुनसम्म देशको ९४ प्रतिशत नागरिकमा विद्युत सेवा पुगेको छ ।
पूर्वाजलालययुक्त आयोजनाको स्रोत व्यवस्थापन सहित लघु तथा मझौता जलविद्यत नविकरणीय ऊर्जाको विकास गरी जलस्रोतको बहुउपयोग गरिनेछ ।