विद्युत अपडेट

  • प्राधिकरण : ९३८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७८१९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७९१० मे.वा.घन्टा
  • आयात : ११९ मे.वा.घन्टा
  • निर्यात : १९७५५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७५२३६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३३८१ मे.वा.
२०८३ भदौ १५, सोमबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । नेशनल हाइड्रो पावर कम्पनीले करिब साढे ५८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलोे त्रैमाससम्मको अवधिमा सो मुनाफा आर्जन गरेको छ ।

साउनदेखि असोजसम्मको अवधिमा ५८ करोड ७४ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो गत वर्षको यही समयअवधिमो तुलनामा ५६ करोड ३७ लाख ७८ हजार रुपैयाँ बढी हो । गत वर्ष २ करोड २३ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

सरकारले तल्लो ४.५ मेगावाटको तल्लो इन्द्रावती जलविद्युत आयोजनाको अनुमतिपत्र प्रतिस्पर्धा गराई बोलकबोलको माध्यमबाट प्रदान गर्ने नीति लिई गराएको प्रतिस्पर्धामा कम्पनीको प्राविधिक तथा आर्थिक प्रस्ताव सर्वाेत्कृष्ट ठहरिएकोले विद्युत विकास विभागले अनुमति पत्र उपलब्ध गराएको छ ।

अनुमति प्राप्त भए पश्चात उक्त आयोजनामा गरिएको लगानीमध्ये ६१ करोड ६२ लाख रुपैयाँ प्रोभिजन राइट ब्याक भएकाले नाफा बढेको कम्पनीले जनाएको छ ।

यो अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १ करोड ३५ लाख ७६ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले विद्युत बिक्रीबाट हुने आम्दानी भने घटेको छ । कम्पनीले गत वर्ष ६ करोड ६४ लाख १४ हजार रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको ७.५ मेगावाटको इन्द्रावती–३ सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३