विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग भारत सरकारका ऊर्जा सचिव आलोक कुमार सहितको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । भेटमा समग्र ऊर्जाको विकास, व्यापार र आपसी हितका विविध विषयमा छलफल भएको छ ।

सो अवसरमा मन्त्री भुसालले नेपालसँग भएको जलविद्युत आपसी सहकार्यबाट प्रयोगमा ल्याई दोहोरो आवश्यकता परिपूर्ति गर्नुपर्ने बताइन्। । आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले उत्पादन तथा व्यापारमा द्वीपक्षीय सहज सहकार्यको आवश्यकता औल्याइन् । उनले भनिन् ‘हामीसँग भएको ऊर्जा स्रोतको प्रयोग आपसी सहकार्यबाट दुवै देशको विकासका लागि प्रयोग गर्नुपर्छ । त्यसका लागि द्विपक्षीय सहकार्य आवश्यक छ ।’

ऊर्जा सहकार्यबारे थप प्रष्ट पार्दै भुसालले भनिन् ‘हामीबीच ऊर्जाको व्यापार सहज हुनुपर्छ । जहाँबाट दुवै देशको विकासका लागि मद्दत पुग्छ र तेस्रो मुलुकमा ऊर्जा व्यापारका लागि सहज अवस्था सिर्जना गर्नुपर्छ । यस अर्थमा सचीवस्तरीय बैठक फलदायी हुने विश्वास लिएको छु ।’

भारतीय ऊर्जा बजारमा नेपालले उत्पादन गरेको ऊर्जा व्यापारको वातावरण सहज तुल्याइदिन आग्रह गर्दै मन्त्री भुसालले असल मित्रराष्ट्रले आफ्नो छिमेकी मुलुकको समृद्धिमा सहयोग गर्ने विश्वास व्यक्त गरे ।

सो अवसरमा भारत सरकारका ऊर्जा सचिव आलोक कुमारले ऊर्जा व्यापारले आपसी सम्बन्धलाई थप बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । ऊर्जा व्यापारका लागि सहज बतावरण बनाउन आफूहरु सकारात्मक रहेको बताउँदै उनले भने, ‘भारत, बङ्गलादेशसँग व्यापार अनुमति दिनका लागि हामी सकारात्मक छौँ ।’

काठमाडौँमा चलिरहेको बैठकले सफल नतिजा दिने आशा व्यक्त गर्दै उनले भने, ‘मलाई आशा छ, यो बैठकमा हामी सफल हुनेछौ ।’ सचिव आलोकले अरुण तेस्रो तीब्र गतिमा अगाडि बढेको बताउँदै भने, ‘मैले यो आयोजना चाँडो सम्पन्न गर्न भनेको छु यसले आपसी मित्रता थप प्रगाढ बनाउनेछ ।’

बैठकमा ऊर्जा सचिव देवेन्द्र कार्की, सहसचिव बाबुराम भण्डारी, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितका अधिकारीको सहभागीता थियो भने भारतका तर्फबाट सचिवस्तरीय बैठकमा सहभागी हुन नेपाल आएका भारतका अधिकारी एवं नेपालस्थित भारतीय राजदूतावासका उच्चअधिकारीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit